अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ

बुधबार, भदौ २३, २०७८

काठमाडौं : अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । उनले मंगलबार राति पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएको निर्देशक एवं कमेडी च्याम्पियन रियालिटी शोका निर्णायक मण्डलका सदस्य प्रदीप भट्टराईले जानकारी दिए । कमेडी च्याम्पियनको निर्णायक मण्डलको भूमिकाबाट गत शुक्रबार बिदा भएको हेरेपछि दर्शकले अनुमान लगाइसकेका थिए कि अभिनेत्री ऋण चाँडै आमा बन्दैछिन् ।उनले छोरालाई जन्म दिएको बुधबार बिहान कमेडी च्याम्पियनको आधिकारी फेसबुक पेजबाट जानकारी गराइएको छ। उनको डेढ वर्ष अगाडि दिपेक्षविक्रम राणासँग विवाह भएको थियो ।-न्युज कारखाना

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १३:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार