सोसल मिडिया
Contact Us
युनिकोड
सिड्नी । कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भएको छैन । कोरल सागर (Coral Sea) प्रशान्त महासागरको दक्षिण-पश्चिम क्षेत्रमा अवस्थित एक प्रसिद्ध महासागर क्षेत्र हो। यो अस्ट्रेलियाको उत्तर-पूर्वी तटमा फैलिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस)का अनुसार मंगलबार बिहान कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प २३ किलोमिटर गहिराइमा गएको थियो। भूकम्पका कारण कुनै मानवीय क्षति वा ठूलो भौतिक संरचनामा क्षति पुगेको विवरण प्राप्त नभएको एएनआइले जनाएको छ । एनसीएसले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेको छ, ‘२० अक्टोबर २०२६ मा भारतीय समयअनुसार बिहान ९ः५०ः४० बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु १३.९७६ डिग्री दक्षिण अक्षांश र १६५.५५४ डिग्री पूर्वी देशान्तरमा रहेको छ । भूकम्प २३ किलोमिटर गहिराइमा गएको र सो क्षेत्र कोरल सागर हो । भूकम्पका कारण कुनै मानवीय क्षति वा उल्लेखनीय भौतिक संरचनामा क्षति पुगेको तत्काल जानकारी प्राप्त भएको छैन । पृथ्वीमा रहेका चिरा वा भ्रंश क्षेत्रमा लामो समयदेखि जम्मा भएको तनाव अचानक मुक्त हुँदा भूकम्प उत्पन्न हुने गरेको छ । यस क्रममा उत्पन्न हुने भूकम्पीय तरङ्गहरू जमिनभित्र फैलिन्छन्। भूकम्पले पार्ने प्रभाव यसको म्याग्निच्युड, गहिराइ, बस्तीबाट दूरी तथा भवनहरूको संरचनागत मजबुतीजस्ता विभिन्न पक्षमा निर्भर हुन्छ । कम गहिराइमा जाने भूकम्पले बढी गहिराइमा जाने भूकम्पको तुलनामा बढी क्षति पु¥याउन सक्छ । किनभने भूकम्पीय तरङ्गहरू पृथ्वीको सतहसम्म पुग्न छोटो दूरी तय गर्नुपर्ने हुन्छ, जसले प्रभावित क्षेत्रमा जमिनको कम्पनलाई तीव्र बनाउन सक्छ। यद्यपि, वास्तविक क्षति स्थानीय भौगर्भिक अवस्था र वरपरका भौतिक संरचनाहरूमा पनि निर्भर हुन्छ । कोरल सागर दक्षिणपश्चिमी प्रशान्त महासागरमा अवस्थित छ। अष्ट्रेलियाको उत्तर–पूर्व तट क्षेत्रमा पर्छ । प्रशान्त महासागर वरपरको विस्तृत क्षेत्र ‘प्यासिफिक रिङ अफ फायर’ अर्थात् प्रशान्त अग्नि घेराका कारण भूकम्पको उच्च जोखिममा रहेको छ।-एएनआइ