सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । स्वर्गीय पत्रकार बसन्तप्रकाश उपाध्यायको परिवारलाई सहयोग गर्न नेपाल अमेरिका पत्रकार संघ (नेजा) को पहलमा संकलित १६ लाख ७ हजार ८३२ रुपैयाँ ९ पैसामध्ये १२ लाख ५ हजार ८७५ रुपैयाँको चेक नेपाल पत्रकार महासंघमार्फत हस्तान्तरण गरिएको छ । स्वर्गीय पत्रकार उपाध्यायको परिवारलाई सहयोगस्वरूप प्राप्त रकममध्ये १२ लाख ५ हजार ८७५ रुपैयाँ उनकी श्रीमती इन्दिरा कार्की उपाध्यायको उपचारका लागि हस्तान्तरण गरिएको हो । स्वर्गीय उपाध्यायकी धर्मपत्नी इन्दिरा कार्की उपाध्यायको मिर्गौला रोगको उपचार तथा उनका ९४ वर्षीय बुबा छायाँदत्त उपाध्यायको हेरचाहका लागि उक्त रकम संकलन गरिएको थियो । बाँकी ४ लाख १ हजार ९५७ रुपैयाँ ९ पैसा दशैंलगत्तै स्वर्गीय उपाध्यायका ९४ वर्षीय पिता छायाँदत्त उपाध्यायको बैंक खातामा जम्मा गरिने जनाइएको छ । रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी र तनहुँ अन्तर्राष्ट्रिय समाजका राजन त्रिपाठीको उपस्थिति थियो । स्वर्गीय पत्रकार उपाध्यायको परिवारलाई सहयोग जुटाउन योगदान पुर्याउने नेजा परिवार, अमेरिकामा रहेका तनहुँका शुभचिन्तक, तनहुँ अन्तर्राष्ट्रिय समाज तथा तनहुँ समाज पोखराप्रति नेपाल पत्रकार महासंघले आभार व्यक्त गरेकाे छ ।