Dashain Banner
Dashain Banner

महानवमीमा सिद्धिदात्री भगवतीको आराधना, नवरात्रको पाठ तथा कर्मकाण्ड

मंगलबार, कात्तिक ३, २०८३

काठमाडौं । नवरात्रको नवौँ दिन आज महानवमी मनाइँदैछ । महानवमीका दिन नवदुर्गामध्ये नवौँ स्वरूप सिद्धिदात्री भगवतीको विशेष आराधना गर्ने धार्मिक परम्परा रहेको छ । उपप्राध्यापक डा.नारायण प्रसाद निरौलाका अनुसार महानवमी नवरात्रअन्तर्गत गरिने दैनिक पाठ तथा धार्मिक कर्मकाण्डको समापन गर्ने महत्वपूर्ण दिन हो । उनले भने, ‘महानवमीमा ‘नवमं सिद्धिदात्री च’ भनिन्छ । त्यहाँ सिद्धिदात्री भगवतीको पनि आराधना हुन्छ । त्यो नवरात्र अन्तर्गतका जो हामी नित्य पाठ गर्ने हुन्छन् । सबै कर्महरू त्यो दिन समापन हुन्छन् । त्यो दिन मूल कुराहरू पाठ नवरात्रहरू समापन गर्ने अन्तिम दिन हुन्छ ।’ महानवमीपछि दशमीका दिन नवरात्रका प्रसाद विसर्जन गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको उनले बताए । उनका अनुसार नवरात्रको नौं दिनको व्रतको अन्तिम दिन भएकाले महानवमीलाई विशेष महत्वका साथ लिइन्छ । यस दिन सिद्धि प्राप्तिका लागि नौं कन्यालाई भोजन गराउने तथा खीरलगायतका परिकार खुवाउने परम्परा रहेको र यसबाट उत्तम फल प्राप्त हुने धार्मिक मान्यता रहेको उनले बताए । डा. निरौलाका अनुसार नवरात्रका अन्य दिनभन्दा नवौँ दिनलाई अझ विशेष मानिन्छ । नौ दिनसम्म गरिने आराधना, व्रत, पाठ तथा कर्महरू महानवमीमा समापन हुने भएकाले यस दिनको धार्मिक महिमा विशेष रहेको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३, २०८३  ११:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार