सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल आयल निगमले भोलि (भदौ १) देखि सम्बन्धित उद्योगले नियुक्त गरेका बिक्रेताहरूबाट ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाअनुसार गरिने जनाएको छ । निगमले आइतबार सूचना जारी गर्दै उपभोक्ताहरूले आफूलाई पायक पर्ने बिक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न निगमले अपिल गरेको छ । '२०८३ भदौ १ गते सोमबारका दिनदेखि सम्बन्धित ग्याँस उद्योगले नियुक्त गरेका विक्रेताहरूबाट नियमित प्रक्रिया अनुसार नै ग्याँसको बिक्री वितरणको व्यवस्था मिलाइएको छ । उपभोक्ताहरूले आफूलाई पायक पर्ने विक्रेता कहाँ सम्पर्क गरी ग्याँस खरिद गर्नुहुन निगम अपिल गर्दछ,' निगमले सूचना जारी गर्दै भनेको छ । साथै, बिक्री–वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन उद्योग, बिक्रेता तथा वितरकलाई दैनिक विवरण उपलब्ध गराउन निर्देशन दिइएको छ । 'उद्योगहरूले दैनिक बिक्री गर्ने बिक्रेतारवितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिण्डर संख्यासहितको विवरण निगममा प्रत्येक दिन बिहान ९ बजेभित्र उपलब्ध गराउनू,' निगमले भनेको छ । बिक्रेतारवितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम, सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा तयार पारेर अनिवार्य रूपमा सम्बन्धित उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने र सम्बन्धित उद्योगले निगमलाई सो विवरण सोही दिन उपलब्ध गराउनुपर्नेछ । ग्यासको बिक्री वितरण गर्दा अत्यावश्यक भएका घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्ताहरूलाई उच्च प्राथमिकतामा राखी बिक्री वितरण गर्नुपर्ने निगमले जनाएको छ ।