सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विशेष अदालतले व्यवसायी शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा एक करोड रुपैयाँ धरौटी माग गरेको छ । मंगलबार भएको थुनछेक बहसपछि न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो। गोल्छा मंगलबार अदालतमा उपस्थित भएका थिए । यसअघि अदालतमा उनको बकपत्रसमेत गराइएको थियो । सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा सुनुवाइ अघि बढ्ने क्रममा अदालतले तत्कालका लागि धरौटीमा रिहा हुने व्यवस्था गरेको हो । गोल्छाले यसअघि पनि एक करोड रुपैयाँ धरौटी बुझाएका थिए । गत १२ साउनमा काठमाडौँ जिल्ला अदालतले बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ तथा धितोपत्र सम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । आफूविरुद्ध मुद्दा दायर भएपछि गोल्छा मंगलबार विशेष अदालतमा उपस्थित भएका थिए । सुरुमा बकपत्र गराइएको थियो । त्यसपछि न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटी माग गर्ने आदेश दिएको हो । यसअघि अरु दुई कसुरमा पनि गोल्छाले एक करोड धरौटी बुझाएर रिहा भएका थिए । जिल्ला अदालत काठमाडौँले साउन १२ गते बिमा क्षेत्रसँग सम्बन्धित कसुरमा ७५ लाख रुपैयाँ र धितो पत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । जिल्ला अदालत काठमाडौँकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले माग गरेको धरौटी बुझाएर गोल्छा त्यसै दिन रिहा भएका थिए । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेरै अनुसन्धान गरेको थियो। त्यसविरुद्ध उनी बन्दीप्रत्येक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालत गएका थिए। सर्वोच्चले रिहा गर्न आदेश दिए पनि उनलाई अर्को कसुरमा सीआईबीले पक्राउ गरेको थियो । तर वैशाख २२ गते सीआईबीले पुनः म्याद थपका लागि उपस्थित गराए पनि अदालतले म्याद नदिएपछि उनलाई परिवारको जिम्मामा रिहा गरिएको थियो । हिमालय रिइन्स्योरेन्स लिमिटेडका पूर्वअध्यक्ष गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत हुन्। उनलाई सीआईबीले वैशाख १० गते पक्राउ गरेको थियो। सम्पत्ति शुद्धीकरणको कसुरमा उनलाई ५२ करोड ५० लाख बिगो दाबी गरिएको छ । विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत समूहको मिलेमतोमा भएको सेयर कारोबारको विषयमा गोल्छा पनि जोडिएका हुन्। भट्ट र अग्रवाल भने पुर्पक्षका लागि थुनामा छन् ।