लगानी बोर्डको सीईओ नियुक्त भएकी याङ्की को हुन् ?

बुधबार, साउन २०, २०८३

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्याबलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

को हुन् याङ्की उक्या ?

नवनियुक्त सीईओ याङ्की उक्या विकास अर्थशास्त्र र सार्वजनिक नीतिकी विज्ञ हुन् । उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा कार्य गरिसकेकी छिन् । याङ्कीले बेलायतको अक्सपोर्ट विश्वविद्यालयबाट मास्टर्स अफ पब्लिक पोलिसी ९एमपीपी० गरेकी छन् । उनको विकास अर्थशास्त्र, सार्वजनिक नीति, दिगो विकास, संघीय वित्तीय प्रणाली, जलवायु तथा हरित अर्थतन्त्र, सार्वजनिक लगानी तथा पूर्वाधार विकास र डिजिटल रूपान्तरणमा खास कार्यानुभव छ ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १६:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार