सुनको मूल्य घट्यो

आइतबार, साउन १७, २०८३

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ ।  नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ३१५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  १२:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार