सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको नाइमा मोबिलिटी एक्स्पो यसपटक अझ व्यवस्थित, प्रविधिमैत्री र उपभोक्तामुखी बनाउने तयारी गरेको छ । एक्स्पो साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । गत वर्ष पहिलो पटक आयोजना गरिएको मोबिलिटी एक्स्पोबाट प्राप्त अनुभव र सुझावलाई समेट्दै यस वर्ष पार्किङ, फुड कोर्ट, सहज आवागमनदेखि अपांगता भएका तथा ज्येष्ठ नागरिकका लागि समेत विशेष सुविधा थप गरिएको नाइमाका रणनितीक तथा सदस्यता व्यवस्थापन समितका सदस्य आकाश गोल्छाले बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा गोल्छाले पहिलो संस्करणमा नयाँ अवधारणाका रूपमा सुरु गरिएको एक्स्पोले राम्रो प्रतिक्रिया पाएको र यसपटक त्यसलाई थप परिस्कृत गरिएको बताए । उनका अनुसार यसपटक शोमा ४० भन्दा बढी मोडलका सवारीसाधन प्रदर्शन हुनेछन् भने करिब पाँचवटा नयाँ ब्रान्डसमेत सहभागी हुँदैछन् । ‘पहिलो पटक गर्दा धेरै कुरा सिक्ने अवसर मिल्यो । यसपटक त्यही अनुभवका आधारमा साना–साना कुरामा सुधार गरेका छौँ,’ उनले भने, ‘आगन्तुकको अनुभव राम्रो बनाउन पार्किङ, फुड कोर्ट, स्टल व्यवस्थापन, हावाको व्यवस्थापनदेखि ह्वीलचेयर प्रयोग गर्ने व्यक्तिले पनि सहज रूपमा पूरा शो अवलोकन गर्न सक्ने व्यवस्था गरेका छौँ ।’ उनका अनुसार नाइमा मोबिलिटी एक्स्पो कुनै एउटा कम्पनी वा ब्रान्डलाई प्राथमिकता दिने कार्यक्रम नभई सबै प्रदर्शकका लागि समान अवसर दिने साझा मञ्च हो । पेट्रोलियम सवारी, विद्युतीय सवारी, कमर्सियल गाडी, पिकअप तथा भ्यानलगायत सबै प्रकारका सवारी उत्पादक तथा वितरकले आफ्ना उत्पादन उपभोक्तामाझ प्रस्तुत गर्ने अवसर पाउनेछन् । ‘हामी कसैलाई प्राथमिकता दिने होइनौँ । सबै एक्जिबिटर महत्वपूर्ण छन् । ग्राहकले नयाँ प्रविधि र नयाँ मोडल एउटै छानामुनि हेर्न पाउनु नै यसको मुख्य उद्देश्य हो,’ गोल्छाले भने । उनका अनुसार मोबिलिटी शो केवल गाडी किनबेच गर्ने थलो मात्र नभई ज्ञान र प्रविधि आदानप्रदान गर्ने प्लेटफर्मसमेत बन्नेछ । शो अवधिभर ब्याट्री व्यवस्थापन, बैंकिङ तथा सवारी वित्तीय व्यवस्था, दुर्घटना व्यवस्थापन, प्राथमिक उपचार, मेकानिक तालिमलगायत विभिन्न विषयमा छलफल तथा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछन् । ट्राफिक प्रहरी, विद्यार्थी, अटोमोबाइल क्षेत्रमा काम गर्ने प्राविधिक, नीति निर्माता तथा सर्वसाधारण सबैका लागि उपयोगी हुने गरी कार्यक्रम तयार गरिएको उनले बताए । दुर्घटना भइसकेपछि जीवन कसरी जोगाउने भन्ने विषयमा समेत प्रशिक्षण दिइनेछ । गोल्छाले विद्युतीय सवारी (ईभी) को विस्तारसँगै चार्जिङ पूर्वाधार पनि क्रमशः विकास हुँदै गएको बताए । उनका अनुसार केही वर्षअघिसम्म सीमित रेन्जका कारण चार्जिङ स्टेशन आवश्यक भए पनि अहिलेका नयाँ मोडलमा ब्याट्री क्षमता उल्लेख्य रूपमा बढेको छ । ‘अहिलेका धेरै ईभीले काठमाडौं–पोखरा–काठमाडौं एकै चार्जमा यात्रा गर्न सक्छन् । त्यसैले चार्जिङ पूर्वाधार ठूलो समस्या बन्ने अवस्था छैन,’ उनले भने । उनले मनाङ यात्राको उदाहरण दिँदै स्थानीय व्यवसायी र होटलहरूले समेत चार्जिङ सुविधा थप्दै गएको बताए । ‘जहाँ–जहाँ सवारी जान्छन्, त्यहाँ चार्जिङको आवश्यकता पनि बढ्छ । होटल र रेस्टुरेन्टले चार्जर राख्दा उनीहरूको व्यवसाय पनि बढ्छ,’ उनले भने । तर दसैँजस्ता चाडपर्वमा एकैपटक धेरै सवारी सञ्चालन हुँदा केही समय दबाब हुन सक्ने उनले बताए । गोल्छाले अहिले सवारीसाधन खरिदका लागि बैंकबाट हुने वित्तीय सुविधा ६० प्रतिशतमा सीमित रहेको भन्दै यसलाई बढाउनुपर्ने धारणा राखे । बजारमा तरलता पर्याप्त रहेको अवस्थामा अटो फाइनान्सिङ बढाउँदा बैंक, सरकार र उपभोक्ता सबैलाई फाइदा पुग्ने उनको तर्क छ । ‘गाडी कर्जा भनेको पैसा लामो समयका लागि अड्किने होइन । किस्तामार्फत हरेक महिना रकम फिर्ता आउँछ,’ उनले भने,‘अटो फाइनान्सिङ बढ्दा गाडी बिक्री बढ्छ, सरकारको राजस्व पनि बढ्छ ।’ उनका अनुसार विद्युतीय सवारीमा समेत करको योगदान उल्लेख्य रहेको छ । ईभीमा ४२–४३ प्रतिशतदेखि उच्च क्षमताका सवारीमा २२० प्रतिशतसम्म कर लाग्ने र पेट्रोलियम सवारीमा अझ बढी कर रहेको उनले बताए ।
पूर्वाधार सुधारले अटो क्षेत्रसँगै अर्थतन्त्र परिवर्तन गर्ने
गोल्छाले नेपालको सडक पूर्वाधार सुधार अटोमोबाइल क्षेत्र मात्र नभई समग्र अर्थतन्त्रका लागि महत्वपूर्ण रहेको बताए । राम्रो सडक बनेपछि इन्धन खपत घट्ने, ढुवानी लागत कम हुने र पर्यटन विस्तारमा समेत सहयोग पुग्ने उनको भनाइ छ । उनले चीनको तिब्बत यात्राको अनुभव सुनाउँदै राम्रो सडकले सवारीको माइलेजसमेत सुधार गर्ने बताए । ‘सडक राम्रो हुँदा स्थिर गतिमा गाडी चलाउन सकिन्छ, जसले इन्धन खपत निकै घटाउँछ,’ उनले भने । काठमाडौं–पोखरा जस्ता प्रमुख सडक मार्ग स्तरोन्नति भएमा पर्यटन, व्यापार र यातायात क्षेत्रमा ठूलो परिवर्तन आउने उनको भनाइ छ ।
सामाजिक उत्तरदायित्वमा नाइमाको जोड
नाइमाले अटोमोबाइल क्षेत्रको विकाससँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि प्राथमिकता दिँदै आएको गोल्छाले बताए । प्राविधिक तालिम, कलेजसँगको सहकार्य, ट्राफिक प्रहरीलाई प्रशिक्षण तथा आपत्कालीन अवस्थामा सहयोगलगायतका कार्यक्रम निरन्तर सञ्चालन भइरहेको उनले जानकारी दिए । उनले मोबिलिटी शोमा सहभागी भएर नयाँ प्रविधि, करियर अवसर र अटोमोबाइल क्षेत्रका सम्भावनाबारे जानकारी लिन सबैलाई आग्रह गरे । ‘यो केवल गाडी हेर्ने ठाउँ होइन, नयाँ ज्ञान, प्रविधि र अवसर बुझ्ने ठाउँ पनि हो,’ गोल्छाले भने । सो, जी अटोमोबाइल अन्तर्गत हामीले केही भनेर ब्रान्ड छ, अह जसमा स्टल राखेका छौँ र त्यसको साथै जीएसडब्लूएमजी इन्डियाबाट आउने एमजीका गाडीहरुको पनि स्टल राखेका छौँ। सो, यसमा पनि नयाँ मोडलहरु डिस्प्ले हुनेवाला छन् र यो पनि तपाईंले हेर्न पाउनुहुनेछ। अह फोर्डको योपाली अटो शोमा राखेको छैन। फोर्डको इट इज हाइएन्ड एसयूभीहरु मात्र छन्। र अहिले आएको जुन युरो सिक्सले गर्दाखेरि मेरो नम्बर अफ मोडल पनि अहिले घटेको छ। २०२७ देखि फेरी आउँछ। सो, अर्को वर्षदेखि फोर्ड अलि ठूलो रुपमा आउनेवाला छ। तबसम्म हामीहरु अह २०११ सेप्टेम्बर ९थमा फोर्ड इन्डिया बन्द भयो। अह हामीहरुको सानो गाडी बढी बेच्थ्यौँ। ९५% अफ द कार मैले बेचेको गाडी त्यही सानो गाडी थिए। थाइल्याण्डबाट ल्याउने रेन्जर, एभरेस्ट, ¥याप्टर कमै थिए। त्यो फोर्ड इन्डिया बन्द भएपछि गएको पाँच वर्षमा मेरो सेलरहरु घटेको छ। अहिले थाइल्याण्डबाट आउँछ। अब आउने वर्षमा थाइल्याण्ड बाहेक अरु देशहरुबाट पनि मैले गाडी पाउनेवाला छन्, छौँ र थाइल्याण्डमा पनि नयाँ मोडलहरु आउँदै छन्। त्यो हुँदाखेरि अर्को वर्ष फोर्डमा मोडलहरु पनि बढी देख्न पाउनुहुनेछ र फोर्ड विल बी अह को सेलहरु पनि बढ्छ, मौका पनि बढी हुन्छ हामीले गाडी बेच्ने अप्सन रिएन्ट पनि बढ्छ। तबसम्म हामीहरुले लिमिटेड मोडलहरुमै खेलिराछौँ। गाडी नै फरक छन्। इन्डियाबाट आउँदाखेरि हामीहरुको ३० लाख मुनिको गाडीहरु पनि थिए भने अहिले एक करोडभन्दा मुनिको गाडी नै छैन। अह चिपेस्ट कार आई एम सेलिङ्ग इज १ करोड ४० लाख्स। हैन, त्यसमा डिस्काउंट छ तर १ ४० छ मिनिमम। ल्याएको गाडीको मूल्य अनि माथि अब अहिले ल्याएको २७० सम्म छ। अझ महँगो गाडी ल्याउने आँट गरेको छैनौँ, छौँ ल्याउन मिल्ने हैन, फोर्ड मस्टाङ्ग पाँच करोड जति पर्छ, ल्याउने प्लान छ तर आँट गरेको छैनौँ। तर गाडीहरु छन् अह तर अब आउने वर्षमा नेपाललाई मिल्ने अरु गाडीहरु पनि आउँछन्। सो, त्यसको लागि त धेरै आएको छ। तर धेरै गाडी यहाँ ल्याउनको लागि पसिबल नै छैन। कसैको कस्ट मिल्दैन, कसैको किनभने गाडीहरु धेरै छन्। सबजना विदेशमा गएर गाडी हेर्छन्, फोर्ड हेर्छन्। त्यसको यो मोडल लेऊ, म्याखीको लागि छ, ब्रङको लागि छ। धेरै गाडीको लागि, एफ १५० को लागि छ। तर धेरै गाडी, कुनै गाडी नेपाल राइट ह्यान्ड ड्राइभमै बन्दैन उनीहरुको। लेफ्ट ह्यान्ड ड्राइभ मात्र छ। कुनै गाडी नेपाल ल्याउनको लागि उनीहरु रेडी छैनन्। किनभने मैले मात्र गाडी यहाँ ल्याएर भएन। कुनै पनि गाडी नयाँ आउनको लागि अह यो रिजनमा मलाई हेर्ने रिजन हो थाइल्याण्ड। थाइल्याण्डमा उनीहरुसँग स्पेयर पार्टदेखि टेक्निकल सपोर्ट हुनुपर्यो। अब जबसम्म त्यो हुँदैन, मैले त्यो गाडी नेपाल ल्याइदिएँ भने मैले कस्टमरलाई सर्भिस दिन सक्दिनँ। र मैले चाहेर पनि मलाई कम्पनीले त्यो गाडी दिँदैन। किनभने फोर्डले आफ्नो ब्रान्ड नेम बिगार्र्न चाहँदैन। त्यसैले त्यो हुँदैन। सो त्यसैले त्यो गाडी अहिले ल्याउन नसक्या हो। तर त्यसको लागि प्लान छ। अर्को वर्ष मेबी अह ९९% नाईमा मोबिलिटी शोमा फोर्ड पनि रहनेछ। धन्यवाद, थ्याङ्क यू।