रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

बिहीबार, पुस २४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । बिहीबार बिहान राप्रपाका अध्यक्ष लिङ्देन भेटवार्ताका लागि रवि निवास पुगेका हुन् । उनीहरूबीच पछिल्लो राजनीतिक अवस्था, फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलगायत विषयमा कुराकानी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज एकाबिहानै संवादमा, चुनावबारे कुनै आशंका छ र ! कुरा यहाँबाट सुरू भयो है ।’ राप्रपा अध्यक्ष लिङ्देनले हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीमा चियापान कार्यक्रम गर्दै आएको छ । सोही कार्यक्रमका लागि निम्तो दिन अध्यक्ष लिङ्देन अरू दलका शीर्ष नेताहरू भेटघाटका क्रममा छन्।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार