सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वप्रदेश प्रमुख राजेश अहिराजलाई बलात्कारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ । अदालतले मंगलबार भएको सुनुवाइपछि अहिराजलाई उक्त मुद्दामा कसुरदार ठहर गरेको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले दोषी ठहर गर्ने फैसला सुनाउँदै सजाय निर्धारणका लागि आगामी ३२ गते पेशी तोकेको छ । सजायको मात्रा भने सोही दिन हुने सुनुवाइपछि तय गरिने अदालतले जनाएको छ । पूर्वपत्रकार तथा मधेशवादी राजनीतिज्ञ अहिराजलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ फागुन ७ मा मधेश प्रदेश प्रमुख पदमा नियुक्त गरेको थियो । उनीमाथि एक महिलाले ४ जेठ २०८१ मा काठमाडौंको नयाँबानेश्वरस्थित आफ्नै डेरामा बलात्कार गरेको आरोप लगाएकी थिइन् । अहिराजले भने आफूलाई बलात्कारको जाहेरी दिने युवतीविरुद्ध उल्टै मुद्दा हालेका थिए । त्यसपछि ४ साउन २०८२ मा प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरी अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध जबरजस्ती करणी मुद्दामा अभियोजन गरेको थियो । १४ साउन २०८२ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । त्यसयता उनी डिल्लीबजार कारागारमा थुनामा छन् ।