बाघको आक्रमणबाट एक महिला घाइते

सोमबार, असार २९, २०८३

कञ्चनपुर । कञ्चनपुरको वेल्डाँडीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।  प्रहरीकाअनुसार बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन् । आईतबार वेलुकातिर शुक्लाफाँटा जंगलमा घाँस काट्ने क्रममा उपाध्या माथि बाघदे आक्रमण गरेको प्रहरीले जनाएको छ ।  घाईते उपाध्यायको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  ०८:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार