सोसल मिडिया
Contact Us
युनिकोड
सुर्खेत । आजदेखि सुरु भएकाे माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णालीका १० वटै जिल्लाका परीक्षा केन्द्रहरूमा शान्तिपूर्ण रुपमा सम्पन्न भएकाे छ । परीक्षाका लागि आवश्यक प्रश्न पत्र र उत्तर पुस्तिकाहरू समयमै पुर्याइ परीक्षा परिचालन हुने जनशक्तिलाई अभिमुखीकरण लगायतका क्रियाकलापहरू गरी पहिलाे दिनकाे परीक्षाा सम्पन्न भएकाे शिक्षा विकास निर्देशक दीपा हमालले जानकारी दिइन् । कर्णालीका सबै परीक्षा केन्द्रहरूमा आवश्यक सामाग्री र जनशक्तिकाे व्यवस्था गरिएकाे थियाे । परीक्षा मर्यादित ढगबाट सकिएको छ उनले भनिन्, ‘कर्णालीका विभिन्न जिल्लामा दृष्टिविहीन विद्यार्थीले सहयोगी राख्नेर, जेल तथा हिरासतमा रहेकालाई सोही स्थानबाट परीक्षा दिने व्यवस्थासमेत मिलाइएको थियाे । परीक्षा मर्यादा विपरीतका क्रियाकलाप नियन्त्रणका लागि स्थानीय आवश्यकतालाई हेरी केन्द्राध्यक्षले कारबाही गर्न सक्ने गरी अधिकार दिएको उनको भनाई छ ।
यस वर्ष परीक्षा सकिएपछि एक महिनाभित्र नतिजा प्रकाशन गर्ने गरी उत्तर पुस्तिकाहरू जाँच गर्ने विभिन्न विकल्पमा छलफल भइरहेको शिक्षा निर्देशक हमालले बताइन् । ‘परीक्षा व्यवस्थित, मर्यादित, अनुशासित र विद्यार्थीलाई सहज वातावरणमा परीक्षा दिन सक्ने कसरी बनाउन सकिन्छ भन्ने गृहकार्य भइरहेको छ’ उनले भनिन् । कर्णाली प्रदेशका एक सय ६१ परीक्षा केन्द्रमा ३८ हजार ३७९ जना परीक्षार्थीहरू सहभागी हुँदै छन् । परीक्षाका बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएकाे थियाे ।
शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार साधारणतर्फ ३० हजार ५४ जना, प्राविधिक धारतर्फ एक हजार ४०१ जना र ग्रेड वृद्धितर्फ ६ हजार १२४ जना गरी कुल ३ हजार ३७९ परीक्षार्थीहरू सहभागी हुने शिक्षा विकास निर्देशक दीपा हमालले जानकारी दिइन् । कर्णालीमा अघिल्लो वर्षको भन्दा यो वर्ष ६ हजार ६०६ जना विद्यार्थी रहेको बताइन् । अघिल्लो वर्ष कर्णालीबाट ३१ हजार ७७३ जना विद्यार्थीहरू एसइईमा सहभागी भएका थिए ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्षसहित लागि कर्णालीमा पाँच हजार ९ जना जनशक्तिहरू परिचालित गरिनेछ । १६१ जना केन्द्राध्यक्ष, २५५ जना सहायक केन्द्राध्यक्ष र एक हजार ९१८ जना निरीक्षकहरू परिचालित हुनेछन् । त्यस्तै तीन सय ८३ जना परीक्षा सहायक, ७६६ जना कार्यालय सहयोगी र दुई हजार ४१८ जना सुरक्षाकर्मीहरू परिचालित हुनेछन् । कर्णालीमा एसइईका लागि सबै भन्दा धेरै सुर्खेतबाट नौ हजार ७७९ र सबैभन्दा कम डोल्पाबाट छ सय ७४ विद्यार्थी परीक्षामा सहभागी हुने छन् । एसइईका लागि सुर्खेतमा ३४, दैलेखमा २२, कालिकोटमा २०, सल्यानमा १९, जाजरकोट र रुकुम पश्चिममा १६÷१६, जुम्लामा १४, मुगुमा नौ, हुम्लामा सात र डोल्पामा चार परीक्षा केन्द्र निर्धारण गरिएको छ । दैलेखबाट छ हजार २५३, जाजरकोटबाट चार हजार ८१३, सल्यानबाट चार हजार १४२, रुकुम पश्चिमबाट तीन हजार ९२२ र कालिकोटबाट तीन हजार ७१७ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । त्यस्तै जुम्लाबाट दुई हजार २५५, मुगुबाट एक हजार ५२४ र हुम्लाबाट एक हजार ३०० विद्यार्थी परीक्षामा भाग लिनेछन् ।