प्रधानमन्त्री पत्नी सीताका नाउँमा कलेज बनाउन बजेट

मंगलबार, जेठ १५, २०८१
Global Ime Bank

काठमाडौं । सरकारले  प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वर्गीय पत्नी सीता दाहालको नाउँमा ‘सीता दाहाल मेमोरियल कलेज अफ न्याच्युरोपेथी एण्ड यौगिक साइन्स’ कलेज बनाउने भएको छ ।  बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नयाँ वर्षको बजेटमा प्रधानमन्त्री पत्नी दाहालको नाउँमा काठमाडौंमा कलेज बनाउन बजेट छुट्याएको बताए ।  उनले भने, ‘ काठमाडौं विश्वविद्यालयमा सीता दाहाल ‘सीता दाहाल मेमोरियल कलेज अफ न्याच्युरोपेथी एण्ड यौगिक साइन्स’ कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु ।’ तर, बजेटमा कति रकमको व्यवस्था गरेको भन्ने कुरा अर्थमन्त्री पुनले उल्लेख गरेका छै्रनन् । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार