सोसल मिडिया
Contact Us
युनिकोड
बज्रबाराही (ललितपुर) । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच भेटवार्ता भएको छ । नगरप्रमुखसहित नगर उप प्रमुख मुना अधिकारी र नगरपालिकाका अन्य प्रतिनिधिले राजदूत अन्स्र्टसँग अष्ट्रेलियन दूतावास, काठमाडौंमा शिष्टाचार भेटवार्ता गरेको हो । भेटवार्ताको क्रममा नेपाल र अष्ट्रेलिया सम्बन्धलाई स्थानीय तहसँग सहकार्य गरी थप बलियो बनाउने सन्दर्भमा छलफल भएको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । यसअघि गोदावरी नगरपालिका र अष्ट्रेलियाको विन्डहम सिटी काउन्सिलबीच स्थापित मित्रता शहर सम्बन्धलाई थप प्रभावकारी र परिणाममुखी बनाउने सन्दर्भमा छलफल भएको थियो । त्यसैगरी व्यापार तथा लगानी, शिक्षा, पर्यटन, वातावरण संरक्षण, प्रविधि तथा नवप्रवर्तनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको नगरप्रमुखले जानकारी दिए । गोदावरी नगरलाई सांस्कृतिक र वातावरणमैत्री टाउनसीप परियोजनामा प्राविधिक तथा ज्ञानमा आधारित सहकार्यका लागि आवश्यक पहल र सहजीकरण गर्न राजदूत समक्ष आग्रह गरिएको थियो ।