सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–५ उवाअन्तर्गत पर्ने कोटलबारामा बुधबार राती गएको पहिरोमा परी हालसम्म १० जनाको शव भेटिएको छ । भेटिएका मध्ये ८ जनाको मात्र सनाखत भएको छ । अझै ३ जना सम्पर्कविहीन छन् । पहिरोमा परी गम्भीर घाइते भएका २ जनालाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ । बुधबार राति परेको अविरल वर्षासँगै आएको लेदो, ठूला ढुङ्गा तथा मुढासहितको पहिरोले कोटलबाराको बस्तीका ९ वटा घर, १ वटा घुम्ती किराना पसल, २ वटा गोठ, १ वटा चर्च गरी १२ वटा पुरेर बगाउँदा ठूलो मानवीय क्षति भएको हो । पहिरोमा परी मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ उवाको कोटलबारा निवासी १८ वर्षिया शान्ति पुन मगर, ६० वर्षिय कमल बहादुर पुन मगर, ७५ वर्षिय दल बहादुर पुन मगर र ८० वर्षिया मनखना पुन मगर, ८५ वर्षिया हस्तकला रोका मगर ३८ वर्षिया जुन कुमारी पुन मगर, ९ वर्षिय अशिम पुन मगर, ५ वर्षिय अशोक पुन मगर रहेको घटनास्थलमा खटिएका रोल्पा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पंचकुमार बाखुले जानकारी दिएका छन् । त्यसैगरी पहिरोमा परी २२ वर्षिय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर गम्भीर घाइते भएकोले थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठका अनुसार पहिरोमा परी अझै बेपत्ता हुनेमा ८० वर्षीय अजम्बर पुन मगर, ८० वर्षीय बल बहादुर पुन मगर, ६१ वर्षीय लिल बहादुर पुन मगर, ६६ वर्षीया मनि पुन मगर, र ३४ वर्षीय महेन्द्र घर्ती रहेका छन् । घटनापछि प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको टोली खोज तथा उद्धारमा खटिएको थियो । अहिले पनि पानी परिरहेको र दुई ठाउँमा पुन ः पहिरोले बाटो अवरुद्ध भएकाले खोज उद्धारमा कठिनाइ भएको सूचना अधिकारी श्रेष्ठले बताए । पहिरो गएको समयदेखि नै घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेको र बेपत्ता भएकाहरूको खोजी भइरहेको अबस्थामा प्युठानको माडीखोलाको बिभिन्न ठाउमा ५ जनाको बेवारिसे शव फेला परेको छ । ३ वटा शव ३८ वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ५ वर्षीय अशोक पुन मगर, को पहिचान खुलेको छ २ वटाको पहिचान खुल्न सकेको छैन । उवाको कोटलबारा गाउँको पहिरोमा वेपत्ता भएका हुनसक्ने आशंका गरिए पनि पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।