सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले सुनसरी र सिरहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका युवकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले चारै जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । सुनसरीको कप्तानगन्जमा भएको विवादपछि सुरक्षाकर्मीको गोली लागेर स्थानीय ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्रकुमार मेहताको मृत्यु भएको थियो । त्यसपछि तराई–मधेशका विभिन्न स्थानमा भएका प्रदर्शन भएको थियो । त्यही क्रममा सुरक्षाकर्मीको गोली लागेर सिरहाका गणेशकुमार यादवको मृत्यु भएको थियो ।