संसदीय समिति गठनबारे देउवाले बोलाए बिपक्षी दलको बैठक

मंगलबार, जेठ १५, २०८१
Global Ime Bank

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनबारे सत्तापक्षका दलहरूसँगको बार्ता सकारात्मक भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपक्षी दलहरूको बैठक बोलाएका छन् । सो प्रकरणमा संसद्मा विरोधका क्रममा साथ दिएका दलहरुसँग परामर्श गरेर मात्रै निर्णय लिने गरी सभापति देउवाले बैठक बोलाएका हुन् । बैठक अहिले बिहान १० बजे संसद् भवनमा देउवाको कार्यकक्षमा हुने देउवाको सचिवालयले जनाएको छ ।  बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरूलाई बोलाइएको छ । संसद्को बजेट अधिवेशन प्रारम्भ भएदेखि नै निरन्तर संसद् अवरोध गर्दै आएको कांग्रेसले मंगलबार सरकारले बजेट पेश गर्ने कार्यक्रम रहेकोमा सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा सहमतिका लागि छलफल गरिरहेको छ ।  बजेट पेश गर्ने कार्यसूचीसहित संघीय संसद्का दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले सरकारको आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यसूची छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार