कांग्रेसले बोलायो संसदीय दलको बैठक

मंगलबार, जेठ १५, २०८१
Global Ime Bank

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आज आउन लागेको बजेटका विषयमा छलफल गर्न आज बिहान ११ बजे कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने बताइएको छ । कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गर्दै आएको छ । हाल सरकार संसदीय छानबिन समिति बनाउन तयार भएपनि यसको कार्यादेशको विषयमा सहमति बनेको छैन ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार