विपक्षी दलहरुको बैठक बस्दै

मंगलबार, जेठ १५, २०८१
Global Ime Bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूको बैठक बोलाएका छन् । आज बिहान १० बजे बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलको कार्यकक्षमा बस्ने गरि सभापति देउवाले प्रतिपक्षी दलहरुको बैठक बोलाएका हुन् ।  आज अपराहन्न १ बजे आगामी आर्थिक वर्षको बजेट ल्याउने कार्यसूची रहेकोले विपक्षी दलहरुको रणनीति तय गर्न बैठक बोलाइएको बताइएको छ ।  संबिधानमा नै हरेक बर्ष जेठ १५ गते बजेट ल्याउने प्रावधान राखिएको छ ।  सहकारी ठगि प्रकरणको छानबिनको विषयमा सहमति हुन नसकेपछि संसदको अवरोध कायम रहेको छ । यस बैठकमा विपक्षी दलहरुले बजेटको दिन कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्ने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार