गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता, बुधबार सुनुवाई हुने

सोमबार, जेठ १४, २०८१
Global Ime Bank

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सोमबार अनुपम भट्टराईले रास्वपाका सभापतिसमेत रहेका लामिछानेलाई पदबाट हटाउन माग गर्दै रिट दायर गरेका हुन् । गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दरपीठ गरिदएपछि त्यसविरुद्ध परेको रिटमा गत बधुबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो । उक्त आदेशपछि अधिवक्ता अनुपम भट्टराईले दायर गरेको महान्यायाधिवक्ता कार्यालय, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिट निवेदन दर्ता भएको हो । सर्वोच्चमा दायर सो रिटमाथि प्रारम्भिक सुनुवाईका लागि आगामी बुधबारका लागि पेशी तोकिएको छ । उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी ठगीमा जोडिएको र उनलाई कारबाही गर्नुपर्ने माग उठ्दै आएको बेला महान्यायाधिवक्ताको कार्यालयले भने उनलाई क्लिनचिट दिएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार