कोशी प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई कांग्रेसको आग्रह

आइतबार, जेठ १३, २०८१
Global Ime Bank

विराटनगर । कोशी प्रदेशसभा बैठक स्थगित गर्न नेपाली कांग्रेस संसदीय दलले सभामुखसँग माग गरेको छ । संसदीय दलको छलफलपछि सभामुख अम्बरबहादुर विष्टसमक्ष आइतबारको बैठक स्थगित गर्न सभामुखसँग माग गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिएका छन् । कोसीमा प्रदेश सरकार गठनको विवाद सर्वोच्च अदालतबाट सुनुवाइ भई फैसला हुन बाँकी रहेकोले बैठक आज नगर्न कांग्रेसले आग्रह गरेको उनले बताए ।यसअघि गत वैशाख ३१ गते बसेको बैठक कांग्रेसले बहिष्कार गरेको थियो । हिक्मत कार्की मुख्यमन्त्री बनेको विषयमा कांग्रेस सर्वोच्च गएको छ र यस मुद्धाको अन्तिम सुनुवाई हुन बाँकी रहेको छ । कोशी प्रदेश सभाको बैठक आज अपराहन्न १ बजेका लागि बोलाइएको छ र आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार