संसदीय समितिको कार्यादेशबारे छलफल गर्न शीर्ष नेताहरूको बैठक बस्दै 

आइतबार, जेठ १३, २०८१
Global Ime Bank

काठमाडौं । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन र कार्यादेशका विषयमा छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्दैछ ।  शनिबार साँझ उक्त विषयमा शीर्ष नेताहरुबीच भएको छलफल निष्कर्षविहीन भएको थियो ।  बैठकमा कार्यदलका सदस्यसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत नेता सहभागी थिए। कार्यदलका सदस्यले शनिबारको बैठकमा छलफल सकारात्मक भए पनि टुंगोमा पु¥याउने बाँकी काम आइतबार बस्ने शीर्ष नेताबीचको बैठकले टुंगो लगाउने जनाएका थिए ।  आज सरकारले जेठ १ गते संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमाथि छलफल सकेर दुवै सदनबाट पारित गरेर अघि बढ्ने रणनीति बनाएको छ । जसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे  र राष्ट्रिय सभाको बैठक पनि साढे ११ बजे का लागि डाकेको छ ।  बिहान बस्ने शीर्ष नेताबीच सहमति हुन नसके आजको संसद् बैठकमा पनि कांग्रेसले अवरोध गर्न सक्ने देखिएको छ । 

karyadal-met-1716467735.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार