बालुवाटारमा प्रमुख दलका नेताको बैठकमा के भयो ?

शुक्रबार, जेठ ११, २०८१
Global Ime Bank

काठमाडौँ । बालुवाटारमा बसेको प्रमुख दलका नेताहरुको बैठक सकारात्मक भएको कांग्रेसले बताएको छ । बैठकपछि प्रतिक्रिया दिदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक भएको र कार्यदलमा छलफल भइरहेको बताए । लेखकले आजको बैठकमा कांग्रेसले प्रधानमन्त्रीसँग कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ बारे ध्यानाकर्षण गराएको बताए । आफुहरुले सिरोहियालाई पक्राउ गरिएको तरिकाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए । त्यस्तै उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभाको बैठकमा कांग्रेसमाथि लगाएको आरोप बारे समेत ध्यानाकर्षण गराएको बताए । आफुहरुले प्रधानमन्त्रीको जवाफको अपेक्षा गरेको बताए । लेखकले सहकारी प्रकरणमा व्यक्तिको नाम लेख्ने भन्दा पनि बचतकर्ताको रकम फिर्ता हुनुपर्ने आफुहरुको प्रमुख अडान रहेकाले बचतकर्ताको रकम फिर्ता कसरी हुन्छ भन्नेमा छानबिन केन्द्रित हुनुपर्ने बताए ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १९:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार