अन्ततः जुनियर एनटिआरसँग करण जोहरसँग सहकार्य हुने

बिहीबार, चैत २९, २०८०

मुम्बइ । फिल्म निर्माता करण जोहर अब जुनियर एनटीआर स्टारर ‘देवाराः पार्ट १’ मा सामेल भएका छन् । करणले अक्टोबरमा रिलिज हुने यो फिल्मको उत्तर भारतीय नाटकीय वितरण अधिकार किने पछि उनको सहकार्य जुनियर एनटिआरसँग हुन लागेको हो । रविना टण्डनका पति अनिल थडानीको कम्पनी एए फिल्म्सले पनि करणलाई यो सम्झौतामा सहयोग गर्ने छ । दुवैले युवा सुधा आर्ट्स र एनटीआर आर्ट्ससँगको सहकार्यमा यो काम गरेका हुन् । यस सम्झौताको जानकारी दिँदै करणले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै लेखेका छन्,  ‘म्यान अफ मास जुनियर एनटीआरको फिल्म ‘देवारा’ को हिस्सा हुन पाउँदा म सम्मानित र अत्यन्तै आभारी छु भन्न पाउँदा खुसी छु। हामी भारतीय सिनेमामा अर्को ठूलो सिनेमेटिक अनुभवको लागि वितरण साझेदारको रूपमा उत्तर अमेरिकामा यो फिल्मसँग सम्बद्ध छौं । यसअघि यो फिल्म यसै वर्षको अप्रिल ५ मा रिलिज हुने तय भएको थियो । तर, भिएफएक्सको काम अधुरो भएकाले निर्माताले यसलाई स्थगित गरेका छन् । अब यो यस वर्षको दशैंमा अक्टुबर १० मा रिलिज हुदैँछ । दुई भागमा रिलिज हुने यस फिल्मको पहिलो भाग तेलुगु, तमिल, हिन्दी, मलायालम र कन्नड भाषामा रिलिज हुनेछ । जुनियर एनटीआरका साथै सैफ अली खान र जान्हवी कपूर पनि फिल्ममा देखिने छन् । यसको निर्देशन कोरतल्ला शिवले गरेका हुन् । वर्क फ्रन्टको कुरा गर्ने हो भने जुनियर एनटीआरले चाँडै मुम्बईमा आफ्नो अर्को फिल्म ‘वार २’ को सुटिङ सुरु गर्नेछन्। यसमा उनी ऋतिक रोशनसँग भिड्दै देखिने छन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार