संचारकर्मी विमल भट्टराईको ‘भ्रष्टाचारी’ म्युजिक भिडियो  सार्वजनिक

मंगलबार, चैत २७, २०८०

नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको देश प्रेमको गीत भ्रष्टाचारी बजारमा आएको छ । देशको हालको अवस्था, भ्रष्टाचारले देश आक्रान्त बनेको, युवा बेरोजगार बढेको, नेपालीहरूमा अहिलेको रहन सहनले पारेको असर लगायतका विषय समेटिएको गीत भ्रष्टाचारी बजारमा आएको हो ।
अर्जुन पाण्डे र दिपा न्यौपानेको शब्द सृजनामा बनेको गीतमा लोक जि मिजारले संगीत भरेका छन् । गीतमा लक्ष्मी पराजुली, राम श्रेष्ठ, लोक जि मिजार र सनम श्रीपालीको आवाज रहेको छ । गीतलाई दर्पण टिभी नेपाल नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । पाल्पा आसपासका क्षेत्रमा छायांकन गरिएको भिडियो उत्कृष्ट बनेको र नेपाली कथा बस्तु समेतिएको गीतका प्रस्तुतकर्ता विमल भट्टराईले बताए । भट्टराईले टिभी सिरियलहरु भाविको लेखान्त, जोइटिङ्ग्रे, गरिवको जीबन, आधा सिन्दुर र ताई न तूई,  सर्ट फिल्म सामाजिक दूरी, गरिवको जीबन, विभिन्न म्युजिक भिडियोलगायत धेरैमा काम गरिसकेका छन् । उनी शिखा मिडिया प्रा लिको दर्पणपोष्ट डटकम का अध्यक्ष पनि हुन् । 

433930711_476730974677938_5714745375330172302_n-1712620838.jpg
भिडियोमा विमल भट्टराई, अर्जुन पाण्डे, दिपा न्यौपाने, सारिका दर्लामी  लगाएका कलाकारको अभिनय रहेको छ । सन्तोष बस्यालको छायांकन, सम्पादन र निर्देशन रहेको भिडियोका कोरियोग्राफर सुमन थापा हुन् । गितले नेपालको अबस्थालाई नजिकबाट प्रस्तुत गरेको जानकारी दिदै प्रस्तुतकर्ता भट्टराईले नेपाली जनतालाई सचेतना फैलाउन यस प्रकारका गित संगित फेरी पनी ल्याउने बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार