गायक निशान र मोडल ऋचाबीच सम्बन्ध विच्छेद

मंगलबार, चैत २७, २०८०

काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले सम्बन्ध विच्छेद गरेका छन् । चैत ७ गते काभ्रे जिल्ला अदालतबाट दुवैले सम्बन्ध विच्छेद गरेका हुन् । न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको थियो । दुवैले संयुक्त रुपमा निवेदन दिएको र सोहि दिन न्यायाधीश भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको थियो । सहमतिमै सम्बन्ध विच्छेद भएको र ऋचाले अंश दाबी नगरेको बताइएको छ । नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप रहेका निशानले  २०७७ सालमा रिचासँग कानुनी विवाह गरेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०४:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार