गितकार तारा अधिकारीको  जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक

बिहीबार, चैत २२, २०८०

काठमाडौं । गितकार तारा अधिकारीको नयाँ गित जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार अधिकारीको रचना रहेको गितमा लेखु सहयात्रीको संगितमा आशिष अबिरल र अस्मिता अधिकारीको स्वर रहेको छ । म्युजिक भिडियोमा आष्मा विश्वकर्मा, सरोज अधिकारी र बिजय अधिकारी (कार्टुन क्रु) को अभिनय रहेको छ । सान थापाको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ  भने कोरियोग्राफी   राजिव समरको  रहेको छ । गितलाई सुनौलो ताराले बजारमा ल्याएको हो । गीतकार अधिकारीका दर्जनौ लोकप्रिय गीतहरु बजारमा आइसकेका छन् । उनले राष्ट्रिय अवार्डहरु पनि पाउन सफल भएकी छिन् ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार