सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा आफ्नो पार्टीको प्रष्ट विमति रहेको बताएका छन् । सरकारले परिषद् अध्यक्ष (प्रधानमन्त्री) सहित बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो । यसबाट सर्वसत्तावादी सोच प्रष्टिएको देउवाले बताएका छन् । ‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद छ’ कांग्रेस सभापति देउवाले ट्वीट गर्दै भनेका छन्, ‘संसद अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ ।’
यसैबीच संवैधानिक परिषद्सम्बन्धी नयाँ अध्यादेश अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद् बैठक बसेको छ । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नयाँ अध्यादेश अनुसार संवैधानिक परिषद्को बैठक बसेको तस्बिर सार्वजनिक गर्दै ट्वीट गरेका छन् । बैठकमा प्रधानमन्त्री ओली, प्रधानन्यायाधी चोलेन्द्रशमशेर जबरा तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना सहभागी छन् ।