बाढीको क्षति र राहतबारे छलफल गर्न रास्वपाले बोलायो सर्वदलीय बैठक

मंगलबार, भदौ १६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठक बोलाएको छ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षति, खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल गर्न रास्वपाले सर्वदलीय बैठक बोलाएको हो । रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ । बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन र आगामी पुनर्स्थापनाका लागि साझा रणनीति तय गर्न सबै राजनीतिक दलहरूसँग छलफल गर्न लागिएको प्रवक्ता खरेलले जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १०:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार