भोटेकोशी बाढी प्रभावित बालबालिका गोदावरी नगरको बालमन्दिरमा

नगर प्रमुख भन्छन्, ‘यो स्थानीय तहको जिम्मेवारी हो’
शुक्रबार, भदौ १९, २०८३

बज्रबाराही (ललितपुर) । गोदावरी नगरपालिकासँग समन्वय गरेर संघीय सरकारले पालिकाको वडा नं. १२ ठेचोस्थित बालमन्दिरमा भोटेकोशी बाढी प्रभावित केही बालबालिकालाई बसोबासको व्यवस्था मिलाएको छ ।  महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले गोदावरी नगरपालिकामा रहेको बालमन्दिरमा भोटेकोशी बाढी प्रभावित बालबालिकाको सुरक्षित व्यवस्थापनका लागि नगरपालिकाका प्रतिनिधिसँग छलफल गरेपछि संघीय सरकारकाले नगरपालिकाको समन्यमा यो कार्य अघि बढाएको हो ।  महिला बालबालिकामन्त्री बादीले राष्ट्रिय बाल अधिकार परिषद्को समन्यमा भएको बैठकमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, सामाजिक विकास समितिका संयोजक शेखर न्यौपाने, १२ नं. वडाका वडाअध्यक्ष जगतबहादुर महर्जन तथा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्कासँग यस विषयमा छलफल गरेकी थिइन् । 
नगरपालिकाका जनप्रतिनिधिसँगको छलफललगत्तै मन्त्री वादीले बिहीबार नै ठेचोस्थित बालमन्दिरको स्थलगत अनुगमन समेत गरेकी छन् । मन्त्रीबादीलाई नगर वडाका जनप्रतिनिधिहरुले बालमन्दिरको अवस्थितिका बारेमा जानकारी गराएका थिए ।   g5-1788499507.jpeg
नगर प्रमुख महर्जनले विपत्तीको यो घडीमा पालिकामा रहेको बालमन्दिरमा प्रभावित बालबालिकाको बसोबासको व्यवस्था मिलाउनु स्थानीय तहको जिम्मेवारी भएको बताए । उनले भने,‘हामीले प्रभावित बालबालिकालाई अभिभावकत्व प्रदान गरेका हौं ।’ g4-1788499508.jpeg
नगर प्रमुख महर्जनले यसलाई अस्थायी संरक्षण केन्द्रको रुपमा व्यवस्थित गरिने जानकारी दिएका छन् । बाढी प्रभावित बालबालिकालाई राखिने भएपछि नगरपालिकाले अहिले उक्त ठाउँको सरसफाई र भवनको मर्मत गरिरहेको छ । नगर उपप्रमुख मुना अधिकारीले बाढी प्रभावित बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षाको विषयलाई संघीय सरकारसँग समन्वय गरेर उत्कृष्ट र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । g3-1788499508.jpeg
नगरपालिकाको सामाजिक विकास समितिका संयोजक शेखर न्यौपानलेले संघीय सरकारसँग समन्वय गरेर अस्थायी संरक्षण केन्द्रको भौतिक संरचना पुनर्निर्माण र थप व्यवस्थित गर्न नगरपालिकाले सुरु गरिसकेको बताए । 
उनले भने, ‘नगर प्रमुखले यस केन्द्रलाई देशकै नमूना अस्थायी बाल संरक्षण केन्द्रको रुपमा विकास र व्यवस्थित गर्न संघीय सरकारसँग समन्वय र सहकार्यका लागि अघि बढौं भन्नुभएको छ, हामी त्यसै अनुसार अघि बढ्छौं ।’ 
छिट्टै यहाँको सरसफाई मर्मतको काम पूरा हुने जानकारी दिँदै मन्त्रालयसँग समन्वय गरेर थप प्रक्रिया अघि बढाउने उनले प्रष्ट पारे ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १०:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार