‘वान्टेड २’ मा सलमानको चासो

सोमबार, चैत १९, २०८०

मुम्बई । बलिउड अभिनेता सलमान खानका फ्यानका लागि एउटा खुशीको खबर छ । १६ वर्षअघि निर्माण भएको फिल्म ‘वान्टेड’को अब सिक्वेल बन्ने भएको छ । फिल्मका निर्माता बोनी कपूरले यसको पुष्टि गरेका हुन् । सलमानको करिअरका लागि सन् २००८ एउटा ‘ल्याण्डमार्क’ नै रह्यो । उक्त वर्ष रिलिज भएको उनका फिल्म ‘वान्टेड’ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो । यो फिल्मपछि सलमानको करिअरले नयाँ गति लिएको थियो । सलमानको करिअरमा ‘वान्टेड’लाई निकै महत्वपूर्ण फिल्म मानिन्छ । यो फिल्मको सिक्वेलका लागि सलमानका फ्यानहरु १६ वर्षदेखि प्रतीक्षामा छन् ।
तर निर्माता बोनी कपूर र सलमानको सम्बन्धमा आएको खटपटले फिल्म ‘वान्टेड २’ बन्ने सम्भावना नरहेको फिल्म विश्लेषकहरुको आकलन थियो । तर अहिले भने बोनीले सलमानलाई लिएर ‘वान्टेड २’ बन्ने निश्चित गरेका छन् ।
बोनीले जूमसँग गरेको अन्तर्वार्तामा उनले आफ्ना यादगार फिल्मको सिक्वेल र रिमेक बनाउने विषयमा बोलेका छन् । उनले फिल्म उद्योगका केही व्यक्तिले ‘हम पाँच’को रिमेक बनाउनका लागि कुराकानी गरेको खुलाएका छन् ।
‘मिस्टर इण्डिया बन्न सक्दैन, किनकी यसमा एक तत्व चाहिन्छ, जुन अब पाइँदैन । ‘जुदाई’मा टेलिभिजन शो बनिसकेको छ । ‘वान्टेड’को चाहिँ सिक्वेल म बनाउँछु’, उनले भनेका छन् ।
उनले अगाडि भनेका छन्, ‘मैले यो विषयमा कुरा गरेको छु । मैले सलमानलाई अब यो फिल्म तपाईं नबनाउनु म बनाउँछु र म चाहन्छु कि तपाईं यसमा काम गर्नु भनेँ । उनले ‘ठीक छ बोनी सर, म यो गर्छु’ भनेका छन् । म ‘वान्टेड २’ लाई लिएर अगाडि सोचिरहेको छु ।’

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार