डेढ महिनादेखि जंगलमा खेसारी

सोमबार, चैत १९, २०८०

मुम्बई । बलिउडको जस्तै भोजपुरी फिल्म उद्योगमा पनि कैयौं स्टार छन्, जसको स्टारडम फ्यानको शीरमा चढेर बोल्छ । यस्तै एक अभिनेता हुन् खेसारी लाल यादव, जो हालका दिनमा उत्तर प्रदेशको जंगल घुमिरहेका छन् ।
उनी एक महिना बढी समयदेखि चन्दौलीको जंगलमा घुमिरहेका छन् । बिलासी जीवन बिताइरहेका खेसारी किन जंगल घुमिरहेका छन् भन्ने उत्सुकता उनका फ्यानमाझ बढ्दो छ ।
‘संघर्ष २’, ‘फरिश्ता’ जस्ता फिल्म दिएका खेसारी डेढ महिनादेखि चन्दौलीको राजदरी–देवदारीको झरना, बाँध, जंगल पहाड, गाउँको आसपास घुमिरहेका छन् । यसको विशेष कारण छन् ।
उनी नयाँ फिल्म ‘डन्स’को सुटिङका लागि त्यहाँ छन् । फिल्मको स्क्रिप्ट अनुसार खेसारीको अधिकांश दृश्य जंगलमै छ । यो फिल्ममा दर्शकले एक्सनसँगै सांगीतिक प्रेमकथा पनि हेर्न पाउनेछन् ।
धरज ठाकुरको निर्देशनमा बनिरहेको फिल्म महंगो बजेटको मानिएको छ । फिल्ममा स्वेता, शाहवर अली, समर्थ चतुर्वेदी, पप्पू यादव, देव सिंह, महेश आचार्य, विजया लक्ष्मी, स्वेता नवल, जे नीलम, जे पी सिंह, गौरी शंकर, आर्यन बाबू चाहत राज र माही खानको अभिनय छ ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार