‘वर एण्ड बधु’को बाँकी छायाङ्कन नेपालमा

मंगलबार, चैत १३, २०८०

काठमाडौं । रोमानियामा ५० प्रतिशत छायाङ्कन सकिएपछि रोकिएको फिल्म ‘वर एण्ड बधु’को बाँकी काम अघि बढ्ने भएको छ । फिल्मका निर्देशक मिलन चाम्सका अनुसार बाँकी ५० प्रतिशत छायाङ्कनको काम नेपालमा पूरा गरिनेछ । रोमान्टिक कमेडी कथामा तयार भइरहेको फिल्मको बाँकी काम चैतको तेस्रो साताबाट सुरु हुनेछ । फिल्ममा नवनायक विवेक कर्माचार्यले ‘वर’ र अभिनेत्री आँचल शर्माले ‘बधु’को भूमिका निभाउँदैछिन् । अभिनेता विवेकले दोस्रो सेड्यूलका लागि आफ्नो शरीर सुगठित बनाएका छन् । निर्देशक चाम्सले कथाको माग अनुसार नै विवेकले शरीर बनाएको बताए । उनले फिल्मले विवाहको संस्कृति कथालाई देखाउने बताए । डाक्टर अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्म एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा सुदीप बरालको छायांकन छ ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार