नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा ‘ध्ये ड्रिम्स’ उत्कृष्ट

आइतबार, चैत ११, २०८०

काठमाडौं । राजधानीमा सम्पन्न १३ औं संस्करणको ‘नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल’ मा सर्ट फिल्मतर्फ शान्ता नेपालीद्वारा निर्देशित वृत्तचित्र ‘ध्ये ड्रीम्स’ले ‘उत्कृष्ट चलचित्र’को अवार्ड जितेको छ । फेस्टिभलमा स्वयम् मास्के मानन्धर निर्देशित सर्ट फिल्म ‘द बु, द बाऊ, द काफ’ले ‘स्पेसल मेन्सन अवार्ड’ जितेको छ ।
विजेतालाई डेलिगेसनकी उपराजदूत डा. जोएल इभोनेट्ले अवार्ड हस्तान्तरण गरिन् । विजेता फिल्मकर्मीलाई यसै वर्ष ब्रसेल्समा आयोजना हुने नेपाली चलचित्र महोत्सवमा सहभागी गराइने छ । 
फेस्टिभलमा आधिकारिक रुपमा छनोट गरिएका तथा प्रदर्शन गरिएका बाँकी ९ नेपाली सर्ट फिल्मलाई पनि सर्टिफिकेट प्रदान गरिएको थियो ।
छानिएका सर्ट फिल्महरुमा गोपाल आचार्य निर्देशित ‘डिभिनेसन् (आखत)’, समाल बज्राचार्य निर्देशित ‘हावाम्यान,’ निमा गेलु शेर्पा निर्देशित ‘काठमाडौं मनसुन,’ अतिन श्रेष्ठ निर्देशित ‘मखमली उडान’, रजिन महर्जन निर्देशित ‘लेट्स टक पिरीयड,’ मिराज रोशन ठकुरी निर्देशित ‘रातो पछ्यौरी,’ आकांक्षा कार्की निर्देशित ‘सनाई’, सन्तोष दाहाल निर्देशित ‘द मिराज’ र अनिल कुर्मी निर्देशित ‘फेरा’ छन् ।
खुला विज्ञापनमार्फत आह्वान गरिएको यस प्रतियोगितामा ५२ वटा सर्ट फिल्मले सहभागिताका लागि आवेदन दिएका थिए । १३ औं संस्करण काठमाडांैमा गत चैत ७ गतेदेखि आयोजना गरिएको थियो । फेस्टिभलमा ९ युरोपेली चलचित्र तथा प्रतिस्पर्धामार्फत छानिएका ११ सर्ट फिल्म प्रदर्शन गरिएका थिए ।
फेस्टिभल यही चैत २८ र २९ गते सुदूरपश्चिम प्रदेश, वैशाख ३ गते लुम्बिनी प्रदेशको नेपालगञ्ज, वैशाख ७ र ८ मा कर्णाली प्रदेशको वीरेन्द्रनगरमा आयोजना हुने तालिका छ ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार