विश्वज्योतिमा फिल्म ‘काँडेतार’को प्रिमियर 

चलचित तयार गर्दाका दुख सम्झिए नायक–निर्देशक नबल खड्काले 
बुधबार, फागुन २३, २०८०

काठमाडौं । नायक नवल खड्काको निर्देशन र लेखन रहेको फिल्म ‘काँडेतार’को मंगलबार प्रिमियर शो सम्पन्न भएको छ । जमलस्थित विश्वज्योति सिनेमा हलमा गरिएको प्रिमियरमा राजनीतिज्ञ, चलचित्रकर्मी र सामाजिक अभियन्ताको बाक्लो उपस्थिति थियो ।
सिनेमा हलमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री सीपी मैनाली, अधिवक्ता स्वागत नेपाल, डा. सुरेन्द्र केसी, गायिका अञ्जु पन्तलगायतको उपस्थिति थियो ।
फिल्मले खुला सिमानाका कारण भारतीय पक्षबाट सीमामा बस्ने नेपालीले भोग्नु परेको ज्यादतीको विषय उठान गरेको छ । फिल्ममा युवा पुस्तामाझ हराउँदै गएको देश प्रेम, सहरका युवामा सीमाका नेपालीले भोगेको सास्तीबारेको अज्ञानता र युवामा राष्ट्र प्रेम जाग्दा मुलुकमा देखिने परिवर्तन देखाइएको छ ।
फिल्ममा नायक नवल खड्काको भरपुर ‘एक्सन’ देख्न सकिन्छ । सेन्सरका कारण केही संवाद ‘म्युट’ गरिएको छ । खाष गरी भुटानबारेका सम्बाद म्युट गरिएको छ । 
‘सीमामा काँडेतार लगाउनुपर्छ’ भन्ने विषय उठान गरेकाले केहीले भारतविरोधी फिल्म बनेको भनेर ‘बाइकट’ अभियान चलाएको थिए ।

428442558_1579362859490456_9099474437898373170_n-1709692541.jpg

नेपाली भूमि र सीमा क्षेत्रमा बस्ने नेपालीको सुरक्षाका लागि सिमानामा काँडेतार लगाउनु पर्ने चलचित्र काँडेतारको जोड छ । 
चलचित्रमा कैलालीको मोहना नदी पारी रहेको सीमावर्ती नेपाली गाउँ हौसलपुर, शिवरत्नपुर, मोहनपुरको समस्यादेखि लिएर सीमा सुरक्षा गर्नेक्रममा कञ्चनपुरको पुनर्वासका गोविन्द गौतमले ज्यान गुमाउनु परेको घटनालाईसमेत उजागर गरिएको छ । 
काँडेतारमा नवल खड्का, गौरव पहाडी, सुराविना कार्की, मुरलीधर, रेविका गुरुङ, प्रशान्त यादव भारतीय जासुसी संस्था ‘र’ को प्रमुखको भूमिकामा महेश गिरीले भूमिका निर्वाह गरेका छन् । 
प्रिमियर पश्चात फिल्म नेपालीले सहनु परेको ज्यादती केन्द्रित रहेको र भारतीय पक्षले आपत्ति जनाउने कुनै स्थान नरहेको धेरैको प्रतिक्रिया छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले फिल्मले वास्तविक कथा उठान गरेको र सो फिल्मलाई सहुलियताका साथ प्रदर्शनमा ल्याउन सरकार केन्द्रित हुनुपर्ने प्रतिक्रिया दिए । उनले खबरहबसँग भने, ‘यो नेपाल पक्षीय फिल्म हो । फिल्मले भारतीय र नेपालीबीच राम्रो सम्बन्ध हुनुपर्छ भन्ने सन्देश दिन्छ । यो भारतका अपराधीका विरुद्धमा चाहिँ छ ।’
नेता खनालले कलाकारहरुले देश प्रेमको भावना उमाल्न सक्ने गरी पर्दामा मिहनेत गरेको प्रतिक्रिया दिए ।

431543614_669204691899025_1907584452993637435_n-1709692542.jpg

त्यस्तै, अधिवक्ता स्वागत नेपालले फिल्मले राष्ट्रघाती सन्धि–सम्झौता र विदेशीसँग देशको हित विपरीत मिल्ने नेतालाई मृत्युदण्डको सजाय दिनुपर्छ सन्देश प्रवाह गरेको प्रतिक्रिया दिए । उनले थपे, ‘यो फिल्म नेपालका सबै विश्वविद्यालयमा सरकारले आफैँ देखाउनुपर्ने फिल्म हो ।’
सीमाविद् बुद्धिनारायण श्रेष्ठले जङ्गे पिल्लरको सुरक्षाका लागि सीमामा काँडेतार नै आवश्यक रहेको सन्देश फिल्मले दिने प्रतिक्रिया दिए । सीमामा काँडेतारको आवश्यकता बारे फिल्म हेरेपछि प्रष्ट हुने उनले बताए ।
फिल्मको प्रिमियर शो अघि आयोजित सक्षिप्त कार्यक्रममा निर्र्देशक तथा नायक नबल खड्काले आफूले देशभक्ति युक्त चलचित्र बनाउँदा अपराधि जस्तो व्यवहारिक गरिएको दुखेको गरे । ‘देशभक्तियुक्त फिल्म बनाउनु भएको अपराध गरेसरहको व्यवहार गरियो’ उनले भने, ‘फिल्म हलमा चल्न रोक्नका लागि धेरै अदृश्य शक्तिहरूले दबाब दिइररहेका छन् । यो दुई देशबीचको सम्बन्धमा असर पार्ने चलचिल होइन । यसले आफ्नो सीमा सुरक्षा गरौं भन्ने मात्रै सन्देश दिएको छ ।’
आजै पनि प्रिमियर सो मा धेरै दलका नेताहरूलाई आमन्त्रण गरिएको तर उहाँहरू नआउनु भएकोमा नायक खड्काले असन्तुष्ठि व्यक्त गरे । 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार