राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
मनोरञ्जन
बबिना भट्टराई र सरला श्रेष्ठको 'गुनासो' सार्वजनिक
बबिना भट्टराई र सरला श्रेष्ठको 'गुनासो' सार्वजनिक
मायालु संग गुनासो पोख्दै 'बबिना'
शब्दपाटी
आइतबार, फागुन २०, २०८०
आइतबार, फागुन २०, २०८०
गुनासो तिमीसंग केही छैन, तिमी म संग टाढिंदै गयौ
धेरै रोएँ तिम्रो लागि, तिमी भने किन हाँसेरै गयौ....
टाढिनु, छुट्टिनु वा अलग्गिनु कुनै पनि सम्वन्धको लागि सुखद् होइन झन् माया पिरतीमा त यी शब्दहरु मुटु विझाउने शब्द हुन् । आँफूले मनमा सजाएकी, मनले पल पल सम्झिरहने, मन भित्रै अटाएकी, मनले रुचाएकी आफ्नी प्रेयसी टाढिदाको भाव यी हरफहरुले बोलेका छन् । यसरी मनमा सजिएकी प्यारी व्यक्ति एकाएक टाढिदा साच्ची नै मन विह्ल हुन्छ, विह्ल मन भक्कानिदा नयनबाट अश्रुधारा बहेको पनि पत्तो हुदैन, उनको याद यति गाढा बनिदिन्छ अव त रुँदिन भन्दा पनि आँसु खसेको पत्तो हुदैन, उनका यादहरु बेस्सरी सल्बलाएर मुटु जलेर खरानी भएको पनि पत्तो हुदैन, आफ्नो मन यति विह्ल हुदाँहुदै पनि उनको मनमा कुनै प्रेमिल भाव नआउदा आफ्ना प्रेमिल शब्द पनि उनको लागि काँडा बनेको अनि आफ्ना आँसुका लहरहरु उनको खुसीमा बाधा बनेको महशुष हुन्छ अनि एउटा पागल प्रेमी उनको खुसीको लागि आफ्नो प्रेमको बलिदान दिदै उनी टाढिनुमा पनि कुनै गुनासो गर्दैन । संगालेको भए देखि सागर बन्ने आफ्ना आँसुका लहरहरु देखिरहदा पनि उनी हाँसिहाँसी बाटो मोडेर गएको देख्दा पनि उ चुपचाप सहिरहन्छ । जसरी बगेको खोला कहिल्यै फर्कदैन त्यसरी नै उनी पनि फर्किन्नन् भन्ने पनि उसलाई थाहा छ, अव उसको लागि विगतमा उनले दिएकी ती प्रेमिलभावका संस्मरण भन्दा बाँकी केहि पनि हैन, ती अमृत भन्दा पनि मीठा मायाका पलहरुलाई नै उसले चिनो ठानेको छ, उनले दिएकी ती स्वर्णिम पलहरुलाई एक्लै सम्झदै ऊ आफ्नो सारा जीवन कटाउन तयार छ तर उनी संग कुनै गुनासो भने उसको छैन ।
सायद उसले बुझेको छ प्रेम प्राप्ति मात्र होइन त्याग पनि हो, प्रेममा प्राप्ति मात्रै उपलब्धि होइन केहि प्राप्तिको आशा नराखि आँफूले प्रेम गरेको प्रतिको प्रेमिल भाव नै सबै हो, त्यसैले त उसलाई हासि हासि आँफूलाई छोडेर जाने प्रति पनि कुनै गुनासो छैन । आखिर विगतका प्रेमिल भाव त उनको मनमा पनि त छ नि, उनलाई पनि कुनै बेला ती यादहरुले पिरोल्न सक्छ, दुःख दिन सक्छ, रुवाउन सक्छ, मन हो, पग्लिन सक्छ, फर्किन सक्छ ..तर आँफूलाई छोडेर, बाटो मोडेर जानेलाई ऊ आफै सम्झाउदै छ मलाई सम्झेर दुःखी नहुनु, जहाँ छ्यौ खुसी हुनु, सम्झेर कहिल्यै नरुनु ....
उसको मायामा न कुनै स्वार्थ थियो न त कुनै लालसा, न कुनै चाह थियो न कुनै आकांक्षा, उसले त निःस्वार्थ माया गरेको थियो, सके सम्म उनलाई खुसी दिने प्रयास गरेको थियो उसका मनका यी सबै भाव उनले बुझेकी थिइन्, यति बुझ्दा बुझ्दै पनि उनले बाटो मोडेकी थिइन्, उनी आफू त बाटो मोडेर नफर्कने गरि गइन् तर उसको मुटु पनि संगै लिएर गइन् । थाहा छैन अव त्यो मुटु उनले कागती सम्झेर निचोर्छिन् कि ? भुङ्ग्रोमा खसाल्छिन् कि लिलामीमा राख्छिन् ? तर उसले भने अव कहिल्यै उनको प्रेमिल भाव पाउने छैन अव त उ एक्लै रुनु छ, हररात सिरानी भिजाउनु छ, छट्पटिमै रात विताउनु छ, उसलाई त दिन पनि रात जस्तै अन्धकार छ, थाहा छ उनी विना बाच्नु बेकार छ र पनि उ उनीलाई कुनै गुनासो नगरिकन बाँच्न विवश छ ।
गीतकार सरला श्रेष्ठ आफ्नो गीत ‘गुनासो छैन’ लाई प्रेम प्रति समर्पित गीत भएको बताउँछिन् । गीतले मिलन र विछोद दुवै भावलाई समेटेको छ । यो गीतको एउटा पाटोले विरहको भाव बोलेको छ भने अर्को पाटोले प्रेम प्रतिको समर्पित भाव बोलेको छ । आँफूले असाध्यै माया गरेको मान्छे अनि आँफूलाई पनि माया गर्ने मान्छेलाई छोडेर उनी टाढिनु दुःखद् हो भने उनी यसरी टाँढिदा पनि उनी प्रति आफ्नो मनमा प्रेमिल भाव उब्जाइरहने, उनी टाढिए पनि गुनासो नगर्ने, उनलाई सुखी र खुसी देख्न चाहिरहने, उनको आँखामा आँसु देख्न नचाहने उसको भाव प्रेमिल भाव हो, सकारात्मक भाव हो भन्ने गीतकार सरला श्रेष्ठको धारणा रहेको छ ।
‘शारदा’ साहित्यिक मासिकको पूर्णाङ्क ११५, २०८० कार्तिक अंकमा छापिएका सरला श्रेष्ठका विवधतायुक्त गीतहरु मध्ये उक्त मासिक पत्रिकाको पृष्ठ ५३ मा छापिएको यो गीत पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बविना भट्टराईको स्वर तथा संगीतमा “गुनासो छैन” बोलको गीत सार्वजनिक भएको छ । सरला श्रेष्ठको शब्द रहेको उक्त गीत इमेज एफ.एम. ९७.९ को प्रस्तुति मेची देखि महाकाली सम्म मा र गीतकार सरला श्रेष्ठको अफिसियल युटुव च्यानल मार्फत एक साथ सार्वजानिक गरिएको उक्त गीतको एरेन्ज साहस शाक्यले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियो, अनामनगरमा नकुल कार्कीले रेकर्डिङ गरेका उक्त गीतको भिडियो जस्केलो क्रियशनद्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा बबिना आफै फिचर्ड छिन् ।
सरला श्रेष्ठका सरल शब्दहरुमा आफ्नो संगीत र स्वर दिन पाउँदा आँफू आनन्दित भएको गायिका तथा संगीतकार बबिना भट्टराई बताउँछिन् । सरल भाव र सरल व्यक्तित्व सरला श्रेष्ठका सरल शब्दहरुले आँफूलाई लोभ्याएको बताउने बबिना सरला श्रेष्ठका गीतहरुले समाज बोलेको, नारी मनोभावना बोलेको तथा प्रेमिल भावको अभिव्यक्ति दिएको आँफूलाई महशुष भएको र वहाँका धेरै गीतहरु सुन्दा तथा अध्ययन गर्दा आफ्नै जीवन अनि आफ्नै समाज बोलेको अनुभूत भएको बताउँछिन् । उनी भन्छिन् ‘वहाँ संगको पहिलो सहकार्य मेरो लागि निकै सुखद् एवं अविश्मरणीय रह्यो । आगामी यात्राहरु पनि यस्तै सुखद् हुने विश्वास लिएकी छु ।’ त्यस्तै गीतकार सरला श्रेष्ठ बबिनाको स्वर र संगीतले आफ्ना शब्दहरुले जीवन्तता पाएको बताउँदै भन्छिन् ‘बबिना एउटा सम्भावना बोकेकी गायिका तथा संगीतकार हुन्, नगन्य मात्रमा महिला संगीतकारहरु भएको अवस्थामा बबिनाको उपस्थितिले नेपाली संगीत क्षेत्र सिंगारिने विश्वास लिएकी छु साथै आगामी दिनहरुमा पनि बबिनाको यस्तै साथले मेरा शब्दहरुलाई जीवन्तता दिई नेपाली दर्शक श्रोताहरु माझ ल्याउन सघाउ पुग्ने आशा लिएकी छु ।’
‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी....’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १५ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् । भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो चारु मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो चारु गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०
०७:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान
नंः २
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु
नंः ३
मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित
नंः ४
साल अड्किएर जटिल बनेकी गर्भवतीको उद्धार, उपचारका लागि सुर्खेत ल्याइयो
नंः ५
दशैंमा चम्किएको जमराको व्यापार
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
विदेशमा बस्दैमा वंशजको नागरिकता खोस्न मिल्दैन : मित्र काफ्ले
आइतबार, कात्तिक ८, २०८३
क्यासिनो व्यवसायमा स्थिर नीति र अनुभवी अपरेटर आवश्यक छ : अजय विक्रम थापा
शुक्रबार, असोज २, २०८३
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
जीवनशैली
ढिकी जाँतो बिस्थापित, घरघरमा साना मिल
शनिबार, कात्तिक ७, २०८३
दशैंमा मासु–मदिरा, चिल्लो परिकार र अनिन्द्रा स्वास्थ्यका लागि घातक : डा.सुवर्ण पौडेल
आइतबार, कात्तिक १, २०८३
स्वादिला परिकार तयार गर्छन रोबोटहरु, ग्राहकको मन जित्दै
शुक्रबार, असोज १६, २०८३
नेपाल आरोग्य पर्यटनको हब
आइतबार, असोज ११, २०८३
किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?
आइतबार, असोज ४, २०८३
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
शिक्षा
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
सोमबार, भदौ २९, २०८३
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
समाचार
कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने
मंगलबार, कात्तिक १०, २०८३
विश्व सार्वजनिक यातायात सम्मेलनमा महासचिव राईले भने, ‘सफा टेम्पो’लाई राज्यले संरक्षण गरोस्
मंगलबार, कात्तिक १०, २०८३
हेटौँडामा ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ
मंगलबार, कात्तिक १०, २०८३
सप्तकोशी नदी दुर्घटनाबारे छानबिन गर्न कोशी सरकारले बनायो समिति
मंगलबार, कात्तिक १०, २०८३
दशैं सकियो, सुरुभयो सुदूरपश्चिमेलीको भारत यात्रा
सोमबार, कात्तिक ९, २०८३
थप समाचार
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष पण्डितले सम्हाले जिम्मेवारी
आइतबार, फागुन २०, २०८०
ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा
आइतबार, फागुन २०, २०८०
२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?
आइतबार, फागुन २०, २०८०
कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न
आइतबार, फागुन २०, २०८०
Subscribe Newsletter
×