‘डिग्री माइला : एमए थर्ड क्लास’को ‘सुस्त सुस्त’

शुक्रबार, फागुन ११, २०८०

काठमाडौं । निर्देशक रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइलाः एमए थर्ड क्लास’को पहिलो गीत ‘सुस्त सुस्त’ सार्वजनिक भएको छ ।  गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा फिचर्ड छन् । गीतमा एसडी योगीको संगीत तथा दिल्लु चम्लागाईको शब्द तथा संगीतकार योगी र विज्ञानी पराजुलीको स्वर छ ।  गीतको भिडियोमा युमी बलामीको कोरियोग्राफी र निर्देशक रेनेशा वान्तवा राईको डिरेक्टर अफ कोरियोग्राफी रहेको छ । बाँसुरी फिल्मसले कबड्डी फिल्मस् र सुस्मा फिल्मस्सँग सहकार्य गर्दै निर्माण गरेको फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।  यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । फिल्ममा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ ।  फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई ट्यागलाइन बनाएको छ । फिल्म आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको पाश्र्व संगीत, शिवराम श्रेष्ठ र राइली एस शिनको छायांकन छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार