’रूखान’ मा अनुबन्धित भइन् नीति शाह

बुधबार, फागुन ९, २०८०

काठमाडौं । सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रुखान’मा अभिनेत्री नीति शाह अनुबन्धित भएकी छन् । 
चार भाषामा निर्माण हुन लागेको फिल्मका लागि निर्माण पक्ष र नीतिबीच कागजी सम्झौता भएको हो । फिल्ममा नीति विद्रोही महिलाको भूमिकामा देखिनेछिन् ।
फिलम नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा निर्माण हुनेछ । कृष्ण थापा ९अष्ट्रेलिया० र सुरेश गुरुङको निर्माणमा बन्ने यो फिल्ममा डाक्टर रुपक घिमिरेको कथा छ । फिल्मका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ ।
यो फिल्म सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा।लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मको निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।
निर्देशक सबिरले फिल्मले सिंगो देशका नागरिकहरुले समस्याबाट जुध्दै गर्ने संघर्षलाई देखाउने बताए ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार