‘चमकिला’मा १५ गीत गाउँदै परिणीति

आइतबार, फागुन ६, २०८०

मुम्बई । बलिउड अभिनेत्री परिणीति चोपडा अभिनयसँगै गायनमा पनि सक्रिय छिन । उनले केही दिनअघि मात्र आगामी योजना सार्वजनिक गर्दा उनका फ्यान उत्साहित बनेका छन् । परिणीतिका अनुसार उनले इम्तियाज अली निर्देशित र दिलजीत दोसांझ अभिनित आगामी फिल्म ‘चमकिला’ मा करिब १५ गीत गाउँदैछिन् ।  यो फिल्म विवादास्पद पञ्जाबी लोक गायक अमर सिंह चमकिलाको बायोपिक हो, जो विद्रोही रवैयाका लागि चिनिएका थिए ।  फिल्ममा दिलजीत चमकिलाको भूमिकामा देखिनेछन् भने परिणीतिले चमकीलाको गायिका पत्नी अमरजोत कौर चरित्र निभाउनेछिन् । परिणीतिले यस अघि आफ्नो फिल्म ‘मेरी प्यारी बिन्दू’ र ‘केसरी’ मा गीत गाइसकेकी छन् । उनले ‘चमकीला’ मा अनुबन्ध हुनु आफ्ना लागि संगीत प्रतिभा देखाउने अवसर भएको उल्लेख गरेकी छन् ।  ‘यो फिल्ममा अभिनय गर्नुपर्ने एक प्रमुख कारण यो हो कि मैले यसमा १५ गीत गाउँदैछु ।  यो फिल्मको दौरान मेरो सह–कलाकार दिलजीतले मैले गाउँदै गरेको सुनेपछि मलाई लाइभ गाउन भने । मेरो वरपर रहेका जो कोही पनि मलाई मञ्चमा गीत गाउन सक्ने बताइरहेका छन्, उनले भनेकी छन् । ‘चमकिला’ को संगीत एआर रहमानले तयार पारेका छन् । उनले यसअघि इम्तियाज अलीको फिल्महरु ‘रकस्टार’, ‘हाईवे’ र ‘तमाशा’ का लागि संगीत दिएका थिए । यो फिल्म गत वर्ष घोषणा गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ०६:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार