३० दिनमै फिल्म ‘मनसरा’को  ‘इन्डक्ल्याप’

आइतबार, माघ २८, २०८०

काठमाडौं । उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’को छायांकन ३० दिनमा सकिएको छ । फिल्मको छायाङ्कन गत पुष ३१ गतेबाट सुरु भएको थियो । फिल्मको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरिएको छ ।
पाँचथरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको अन्तिम दृश्य खिच्दै इन्डक्ल्याप गरिएको हो । फिल्म आगामी वर्षको वैशाख २१ गते रिलिज हुनेछ ।
फिल्म ‘जारी’बाट निर्देशनमा पाइला चालेका लेखक तथा अभिनेता उपेन्द्रको ‘मनसरा’ दोस्रो निर्देशकीय फिल्म हो । फिल्ममा मिरुना ‘मनसरा’ भूमिकामा देखिँदैछिन् ।
फिल्ममा मिरुना र दयाहाङका अलावा प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ ।
निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायांकार शैलेन्द्रध्वज कार्की हुन् । फिल्ममा विष्णकुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सह–निर्माता छन् ।
कबड्डी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवलराज पाण्डेको साउण्ड डिजाइन तथा मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन छ ।
सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक छन् । एप्पल इन्टरटेन्मेन्ट कम्पनीले फिल्मको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ । जी टु वान डिजिटल पार्टनर बनेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार