सोनम भन्छन्, ‘३ इडियट्स’को रेन्चोसँग म कनेक्ट छैन

मंगलबार, माघ २३, २०८०

मुम्बई । बलिउड अभिनेता आमिर खानको फिल्म ‘३ इडियट्स’ आइकोनिक फिल्ममध्ये एकमा पर्दछ । विद्यार्थीको जीवनमा आधारित रहेर निर्माण गरिएको यो फिल्म भारतमा मात्र नभई विश्वभरका दर्शकले मनपराएका थिए । 
खास गरी चीन र दक्षिण कोरियामा आमिरको यो फिल्मलाई धेरै मनपराइएको थियो । फिल्ममा आमिरको प्रमुख भूमिका ‘रेन्चो’ आज पनि दर्शकको प्रिय छ । यो भूमिका वास्तविक जीवनका इञ्जिनियर, इनोभेटर र शिक्षामा बदलावका लागि काम गरिरहेका सोनम वांगचुकमा आधारित छ ।
रेन्चो त बिना शंका भारतीय फिल्मका सबैभन्दा आइकोनिक भूमिकामध्ये एक हुन्, तर के सोनमलाई पनि यो भूमिका त्यतिकै मनपर्छ त ? हालै एक अन्तरवार्तामा सोनमले यो बारेमा खुलासा गरेका छन् । उनले आफूले फिल्म हेरेको र यसले दिएको सन्देश आफूलाई मनपरेको खुलाएका छन् । उनले आफू फिल्मको पात्रसँग ‘कनेक्ट’ नभएको बताएका छन् । उनले यसको कारण पनि दिएका छन् ।
‘म त के भनुँ, अरु कसैले भन्यो कि म फिल्ममा देखाइएको पात्रभन्दा धेरै सुन्दर छु । म कसरी उनीहरुसँग जोडिन सक्छु’, उनले भनेका छन् ।
राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्म ‘३ इडियट्स’ सन् २००९ मा रिलिज भएको थियो । विधु विनोद चोपडाको प्रोडक्सनमा बनेको यो फिल्ममा आमिरका अलावा आर माधवन, शरमन जोशी र करिना कपुरको पनि अभिनय थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार