विक्रान्त भन्छन्,  ‘१२ वी फेल’को स्क्रिप्ट पढ्दा रोएँ'

बिहीबार, माघ १८, २०८०

मुम्बई । बलिउड अभिनेता विक्रान्त मेसी हालका दिनमा आफ्नो ब्लकबस्टर फिल्म ‘१२ वी फेल’को सफलताको उत्सव मनाइरहेका छन् ।  यो फिल्मबाट उनले यस वर्षको ‘फिल्मफेयर अवार्ड २०२४’ मा ‘बेस्ट एक्टर’को अवार्ड नै जिते । जसको खुशी उनले आईपीएस मनोजकुमार शर्माका साथ उनको घरमा मनाए । विक्रान्तले हालैमात्र आफ्नो इन्स्टाग्राममा मनोजसँगको एक तस्वीर शेयर गरेका थिए, जहाँ उनी मनोजका साथ आफ्नो अवार्डसहित उपस्थित थिए ।  यही बीचमा विक्रान्तले आफ्नो फिल्म ‘१२ वी फेल’को स्क्रिप्टका बारेमा कुराकानी गरेका छन् ।  उनले आफूले फिल्मको स्क्रिप्ट पढ्दा कस्तो अनुभव भयो भन्ने कुरा बताएका छन् ।
‘जब मैले पहिलोपटक स्क्रिप्ट पढें, म करिब १५–२० मिनेटसम्म रोएँ । किनकी मैले यस्तो अद्भुत कथा कहिल्यै सुनेको थिइनँ । न देखेको नै थिएँ, यहाँसम्म कि यो बारे मलाई थाहा पनि थिएन’, उनले भनेका छन्, ‘म यो स्क्रिप्ट पढेर निकै प्रभावित भएको थिएँ र कहिँ न कहिँ आफूलाई यही कथामै पाएँ ।’ ‘१२ वी फेल’को कथा आईपीएस अधिकारी मनोजकुमार शर्माको जीवनमा आधारित छ ।  आफ्नो १५ वर्षे करियरमा विक्रान्तले ‘मिर्जापुर’, ‘लिपस्टिक अन्डर माई बुर्का’, ‘छपाक’, ‘हसीन दिलरुबा’ र ‘लव होस्टल’ जस्ता फिल्ममा दमदार अभिनय गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार