Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

चीन–नेपाल साहित्य जोड्न अनुवाद विधा

आइतबार, माघ १४, २०८०

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले चीन र नेपाललाई अनुवाद विधाबाट जोड्ने योजनामा रहेको बताएका छन् ।  नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा अरनिको समाज र विश्व चीनशास्त्र केन्द्र (पेइचिङ) सँगको सहकार्यमा आइतबार राजधानीमा आयोजित चिनियाँ साहित्यकारहरुको स्वागत तथा नेपाल–चीन साहित्यिक अन्तरक्रिया कार्यक्रममा उनले अनुवाद विभागलाई बढी सक्रिय गरेर चीनकै केही कृति अनुवाद गर्दै चीन बुझ्ने कोसिस गरेको बताए ।  उनले भने, ‘प्रज्ञा–प्रतिष्ठानमा नयाँ कार्य समितिका अधिकारीहरु आएपछि अनुवाद विभागलाई अलि बढी सक्रिय गरेर पहिलो पटक हाम्रो योजना चीनकै केही कृतिहरु अनुवाद गरेर चीनलाई बुझ्न चाहन्छौ । चीन हाम्रो छिमेकी मुलुकमात्रै होइन यो विश्वमा नै एउटा महाशक्ति हो । तर छिमेकमा नै बसेर हामीले चीनलाई बुझ्न पाएका छैनौ र चीनले पनि हाम्रो देशलाई बुझ्ने, चिन्ने मौका पाएको छैन । यसलाई हामी अनुवाद बिधाबाट जोड्ने एउटा योजना बनाएका छाैं ।’


यस्तै, उनले पहिले पहिले राजाहरुलाई पात्रका रुपमा लिइएपनि गणतन्त्रपश्चात जनताको आवाजलाई लिएर उनीहरुलाई पात्र बनाएर कथाहरु लेख्ने गरेको बताए । 
उनले भने, ‘हामीले गणतन्त्र आउनु अगाडि राजाहरुलाई आफ्नो कथाको पात्रको रुपमा लिएर उहाँहरुको कथा लेख्ने गरेका थियौ । तर, गणतन्त्रपश्चात भने हामीले जनताको आवाजलाई लिएर उनीहरुलाई पात्र बनाएर कथाहरु लेख्ने गरेका छांै । यसलाई हामीले सामान्य जनताको सौन्दर्यशास्त्र भन्ने गर्छौ ।’

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  २०:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार