अक्षरा कप मंगलबारदेखि

शुक्रबार, माघ १२, २०८०

काठमाडौं । अक्षरा स्कुलको आयोजनामा प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा ४४ टिमको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अक्षराकी प्रिन्सिपल मिलन केसी लोप्चनले जानकारी गराइन् । ब्वाइज÷गल्र्समा समान १६–१६ तथा मिक्स जुनियरमा १२ टिम सहभागी हुने छन् । मिक्स जुनियरमा सहभागी टिमले कम्तिमा २ गल्र्स खेलाडीलाई समावेश गर्नु पर्ने छ ।
नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु काँडाघारीस्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ ।  अक्षराका इसीए कोओर्डिनेटर किरण कटुवालले नगद पुरस्कारको पनि व्यवस्था रहेको बताए । 
अक्षराका शैक्षिक निर्देशक विष्णुप्रसाद पनेरु र बास्केटबल प्रशिक्षक विजयकुमार खत्रीले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार