‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ भोलि 

शुक्रबार, माघ १२, २०८०

पोखरा ।  स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको अवसरमा भोलि  ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम हुने भएको छ ।  हार्मोनी पोखरा र एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा भोलि पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम आयोजना हुने भएको हो ।  डिजिटल साउण्ड एण्ड भिजन न्यूरोड र रुपाकोट ज्योति  सुनचाँदी दुकान महेन्द्रपुलको सहकार्यमा हुने कार्यक्रम पोखरा–९ न्यूरोड संगम मार्गस्थित माछापुच्छे बैंक्यूट(सरांगकोट एफ एम) छेउमा हुने कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । 
अपराह्न ५.३० बजेदेखि (ठिक) शुरु हुने कार्यक्रम साँझ ७.३०  बजेसम्म चल्नेछ । स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीलाई हार्मोनीका कलाकारहरुले उनीहरुकै गीत गाएर ट्रिब्यूट दिनेछन् । साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक कबि प्रकाश सायमीले नेपाली सुगम संगीत, स्वर्गिय कलाकारद्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका ‘अनटोल्ड स्टोरी’ सहित स्मृति प्रबचनबाट कार्यक्रमको शुरुवात गर्नेछन् । त्यसपछि पोखरेली महिला कलाकारहरुले अरुणा लामा र तारादेवीका डेढ दर्जन गीत प्रस्तुत गर्ने श्रेष्ठले बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १९:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार