‘लभ एण्ड वार’का लागि रणवीरले घटाए पारिश्रमिक

शुक्रबार, माघ १२, २०८०

मुम्बई । निर्देशक सन्दीप रेड्डी बांगा निर्देशित फिल्म ‘एनिमल’ब्लक बस्टर भएपछि अभिनेता रणवीर कपूर बलिउडमा सबैभन्दा बढी माग हुने अभिनेतामा परेका छन् । यो फिल्मको सफलताले उनले आफ्नो बजार मूल्य पनि बढाएका छन् । फिल्म ‘एनिमल’अघि ३० करोड पारिश्रमिक लिने रणवीरले ‘एनिमल’को सफलतापछि ६५ करोड पारिश्रमिक पु¥याएका छन् । तर उनले दिग्गज फिल्म निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीका लागि भने आफ्नो पारिश्रमिक घटाएका छन् । निर्देशक भन्सालीले हालैमात्र रणवीर कपूर, आलिया भट्ट र विक्की कौशललाई लिएर नयाँ फिल्म ‘लभ एण्ड वार’को घोषणा गरेका थिए । फिल्म निकट स्रोतकाअनुसार भन्सालीको फिल्ममा रणवीरले एक सर्तमा काम गर्ने सहमति जनाएका छन् । उनले आफूले पारिश्रमिक घटाएका विषय बजारमा चर्चा नहोस् भन्ने शर्तमा अभिनयका लागि सहमत भएको फिल्म निर्माण पक्षले दाबी गरेको छ । रणवीरको बजार मूल्यको कुरा गर्दा उनले अर्का अभिनेता रणवीर सिंहलाई पनि पछि पारेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ०५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार