सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौंँ । काठमाडौंँ चर्चित लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरि’ सार्वजनिक भएको छ । बद्री सापकोटा र संगम लामिछाने को स्वर भएको उक्त गीतमा कृष्ण लामिछानेको शब्द तथा बद्री सापकोटाको संगीत रहेको छ । उक्त गीतमा बिनोद बाजुरालि को संगीत संयोज रहेको छ भने चर्चित मोडल अञ्जली अधिकारी तथा बिमल अधिकारी साथै रिया खड्का र दिपक पौड्याल को अभिनय रहेको उक्त गीत संगम लामिछाने युटुब च्यानलबाट सार्बजनिक भएको छ । मौसम हिमाली को निर्देशन रहेको उक्त गीत नवराज उप्रेतिले खिचेका हुन् । रामेछाप जिल्ला स्थाई घर भएकी बहुचर्चित काँठे गीत हे मेरो सानु कि गायिका संगम लामिछाने काठ क्षेत्रकी बहुत चर्चित गायिका हुन् । काँठ क्षेत्र मात्र नभएर पश्चिमि गीतसम्म गाउन खप्पिस गायिका लामिछानेले यसपालि भने पश्चिमि गीत बजारमा ल्याएकी छन् । बहुचर्चित गीत बस बस पियारिका संकलक तथा गायक बद्री सापकोटासंगको सहकार्यमा झ्याउरे गीत ए गौरि गायिका संगम लामिछाने ले सार्वजनिक गरेकि हुन् ।