भिलेन बन्न चाहन्छिन् कटरिना

शनिबार, माघ ६, २०८०

मुम्बई । बलिउड अभिनेत्री कटरिना कैफ हालका दिनमा फिल्म ‘मेरी क्रिसमस’का कारण चर्चामा छिन् । श्रीराम राघवन निर्देशित फिल्ममा कटरिनाले अभिनयको तारिफ पाएकी छन् । कटरिनाले फिल्मी भूमिकाका बारेमा हालै खुलेर बताएकी छन् । कटरिना आफ्नो बहुमुखी अभिनय र फिल्ममा अलग अलग भूमिकामा अभिनय गर्नका लागि परिचित छिन् । यही मेसोमा कटरिनाले अब खलपात्रको चरित्र निर्वाह गर्ने इच्छा व्यक्त गरेकी छन् । ‘एक कलाकारका रुपमा सबै कुरा सेल्फ–एक्सप्रेसनवाला मामला हो । म यसलाई स्वतन्त्र मान्दिनँ । यो आत्मविश्वासको कुरा हो कि तपाईं के सोच्नुहुन्छ कि कुन चरित्र तपाईंका लागि सही छ,’ उनले भनेकी छन् । उनले अगाडि भनेकी छन्, ‘मानिस २० वर्षको उमेरमा जस्तो हुन्छ, त्यो आफ्नो उमेरको ३० वर्षमा पनि त्यस्तो हुन सक्दैन । त्यसकारण म अलग अलग किसिमको भूमिका निर्वाह गर्न चाहन्छु,’ उनले भनेकी छन्, ‘मलाई अहिले आएर भिलेन भूमिका मन पर्न थालेको छ । तपाईंलाई थाहा छ कि बिना कारण कोही नकारात्मक हुँदैन ।’ उनले भिलेन भूमिकाका अलावा पिरीयड फिल्मको हिस्सा बन्ने चाहना व्यक्त गरेकी छन् ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार