चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुई गैँडा मृत भेटिए

बिहीबार, चैत ३०, २०७९

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् ।
निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत मर्दी घोलस्थित नारायणी नदीको भङ्गालोमा एउटा र निकुञ्जको बगई माडी सेक्टरअन्तर्गत रिउ खोलाको दक्षिण किनारको काँस घारीमा अर्को गैँडा मृत फेला परेको हो । अमलटारी क्षेत्रमा करिब सात महिनाको पोथी गैँडा मृत भेटिएको हो । त्यसैगरी माडीको रिउ खोलामा किनारमा करिब छ महिनाको भाले गैँडा मृत फेला परेको हो । भाले गैँडाको मृत्यु बाघको आक्रमणबाट भएको हो । चालु आर्थिक वर्ष २०७९-८० मा १६ वटा गैँडाको मृत्यु भएको छ । दुईवटा गैँडा चोरी शिकारीका कारण मरेका हुन् ।

 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ०५:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार